| आइतवार, कार्तिक २९, २०८३

काङ्ग्रेस केन्द्रीय बैठकमा बूढीगण्डकी आयोजनाको चिन्ता

 

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा बुढीगण्डकी आयोजना बारे छलफल भएको छ ।

बुधबारको बैठकमा बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाप्रति सरकारी उदासिनताको आलोचना भएको हो । डिपिआर तयार भएको यत्तिका बर्षसम्म पनि मुआव्जा वितरणसमेत नसकिएको भन्दै काङ्ग्रेसले सरकारको ढिलासुस्तीको बिरोध गरेको थियो ।

आयोजनाको चर्चा चल्न थालेदेखि नै गोरखाको आरुघाट, आर्खेत तथा धादिङको विशालनगर, खहरे बजार क्षेत्रको घरजग्गा रोक्का गरेर सर्वसाधारणलाई सास्ती दिएको तर्क गरिएको थियो । ‘गोरखाको दोस्रो ठूलो बजार आरुघाटको घरजग्गा रोक्का गरेको लामो समय भइसक्यो । यसले गर्दा घरजग्गा धितो राखेर ब्यापार बिजनेस गर्न चाहने उद्योगी व्यापारीलाई अधिक समस्या भएको छ’, बैठकमा छलफल भएको बिषय सुनाउँदै उनले भने, ‘घरजग्गा धितो राखेर बालबच्चा पढाउन चाहने सर्वसाधारणलाई समेत समस्या भएको छ । सरकारले न उचित मुआब्जा दिन्छ, न घरजग्गा फुकुवा गर्छ ।’ यस बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए ।

बूढीगण्डकी आयोजनाका लागि भनेर सरकारले सर्वसाधारणसंग पेट्रोलियम पदार्थमा कर उठाएको तर संकलित रकम सो आयोजनामा खर्च नगरी कमिशनको चक्करमा अन्यत्र खर्च गर्ने तयारी गरेको भन्दै बैठकमा आलोचना गरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्