| आइतवार, कार्तिक २९, २०८३

छेवेटारको महादेवटार क्षेत्रलाई शहरी हरीत पार्क बनाईने

गोरखा नगरपालिका वडा नम्वर १० छेवेटारको महादेवटार क्षेत्रलाई शहरी हरीत पार्कका रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारको एक नगर एक उद्यान कार्यक्रम अन्तर्गत पार्क निर्माण सुरु भएको हो ।
गुरुयोजना अनुसार पार्क निर्माण सम्पन्न गर्न ११ करोड ९३ लाख ९७ हजार रुपैया लाग्ने वडाध्यक्ष देवीबहादुर वस्नेतले बताए । ‘प्रदेश सरकारको कार्यक्रम अन्तरगत पार्क बनउन लागेका हौं’ उनले भने ‘पहिलो चरणमा वाल उद्यान निर्माण गर्नेगरि काम सुरु भएको छ । ’पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष ३० लाख रुपैया वजेट विनियोजन गरेको छ ।
करीव २३ रोपनी क्षेत्रफलको जमिनमा पार्क सहित मन्दिरहरु, विवाह मण्डप, पौडी पोखरी, पार्टी प्यालेस लगायतका संरचना निर्माणको लक्ष्य रहेको वस्नेतले जानकारी दिए । ‘विस्तृत रुपमा हामी संरचना विकास गर्नेछौ ।’ उनले भने । शहरी हरीत पार्क निर्माणसँगै महादेवटार क्षेत्रलाई आन्तरिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्