| आइतवार, कार्तिक २९, २०८३

भूकम्पपिडीतले असारभित्रै पहिलो किस्ता नलिए अनुदान नपाउने

दरौंदी : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका लाभग्राहीलाई आउँदो २१ गतेसम्म सम्झौता गर्न आग्रह गरेको छ ।असार २१ गतेभित्रै सम्झौता गरी यहि असार मसान्तसम्म अनुदानको पहिलो किस्ता लिन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्राधिकरणले तोकिएको समयसीमा भित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने जनाएको छ ।निजी आवास अनुदानका ६० हजार भन्दा बढी भूकम्प प्रभावित लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख २६ हजार ३ सय ३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३ सय १७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ आफ्नो वडा कार्यालयमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता ५० हजार रुपैयाँ नलिने लाभग्राहीलाई यही असार मसान्तभित्र पहिलो किस्ताबापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्