| आइतवार, कार्तिक २९, २०८३

लापुको ठुलो सम्पेमा काठेपुल निर्माण

स्थानीय बासीन्दाको सक्रियतामा लापुको ठुलो सुम्पेमा काठेपूल निर्माण भएको छ ।

धार्चे गाउँपालिका ७ लापुको ठुलो सुम्पेमा सयपत्री युवा क्लबको आर्थिक सहयोग तथा स्थानीयको श्रमदानमा काठेपूल निर्माण गरिएको हो । पूल निर्माणका लागि क्लबले २५ हजार रुपैयाँ उपलब्ध गराएको क्लबका अध्यक्ष सन्तवीर गुरुङले जानकारी दिए ।

काठेपूल निर्माणका लागि साविकको लापु गाविस वडा न ५,७, ८ र ९ को स्थानीयले श्रमदान गरेका थिए । वडा नं ७र ८ का बासीन्दा खेतबारी जाने मुल बाटोमा पर्ने ठुलो सुम्पेमा पूल निर्माण भएपछि स्थानीयलाई ज्यान जोखिममा राखेर खोला तर्नुु पर्ने बाध्यता हटेको अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्