| आइतवार, कार्तिक २९, २०८३

कांग्रेसको जागरण अभियान सकियो

दरौंदी : नेपाली कांग्रेस गोरखाले सञ्चालन गरेको एकमहिने राष्ट्रिय जागरण अभियान शनिवार सकिएको छ। गत वैशाख २५ गते सुरु भएको प्रथम चरणको अभियान सम्पन्न भएको हो। जिल्ला पार्टी कार्यालयमा औपचारीक कार्यक्रमका साथ अभियान समापन गरिएको जिल्ला सभापति हरीबहादुर घलेले जानकारी दिए । अभियानमा पार्टी सदस्य र शुभचिन्तकहरुमाझ पार्टीको महासमिति बैठकका निर्णयहरु जानकारी गराउने, संगठन सुदृढिकरण, कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका उपलब्धिको प्रचारप्रसार लगायतका गतिविधि सञ्चालन गरिएको थियो । एक महिनासम्म चलेको कार्यक्रममा पार्टी शुभेच्छुक तथा कार्यकर्तासँग अन्तक्र्रिया गरिएको र कार्य कर्ताहरुका जिज्ञासा तथा अपेक्षाहरु थाहा पाउने अवसर प्राप्त भएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्