| आइतवार, कार्तिक २९, २०८३

गोनपा ७ मा अपांगता भएकालाई सहयोग सामग्री प्रदान

दरौंदी : गोरखा नगरपालिका वडा नं ७ ले अपाङ्गता भएका ब्यक्तिलाई दैनिक प्रयोजन सामाग्री हस्तान्तरण गरेको छ ।
वडाभित्रका पुर्ण अपाङ्गता भएका १४ र आंशीक अपाङ्गता भएका ७ जनालाई भाडाकुडा, लत्ताकपडा र सरसफाई सामाग्री वितरण गरिएको हो ।
वडा कार्यालयले विनियोजन गरेको एक लाख रुपैयाँ बजेटबाट सामाग्री खरिद गरी वितरण गरेको वडाअध्यक्ष विष्णु श्रेष्ठले जानकारी दिए । कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर विनाकुमारी श्रेष्ठ, वडा सदस्य निलबहादुर पुलामी, वडा सचिव सरस्वती अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्