
चुमनुब्रीमा मेलमिलाप सम्बन्धी आठ दिने तालिम सुरु
चुमनुब्री गाउँपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिने आधारभूत तालिम सुरु भएको छ । गाउँपालिकाको आयोजना र जनहित संरक्षण मञ्च प्रोपब्लिकको समन्वयमा तालिम सुरु भएको हो ।
न्यायिक समितिका सदस्य वडा नं. १ का अध्यक्ष वीरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, प्रशिक्षकहरु कुमार शर्मा आचार्य, बाबुराम पौडेल र बिमला पौडेलले मन्तव्य ब्यक्त गरेका थिए ।
तालिम जेठ १९ गतेसम्म चल्ने वडा सचिव वेदप्रकाश ढकालले जानकारी दिए ।




