
राजनीतिक र बैचारिक कार्यदिशा टुंगाउन नेकपाको जिल्लास्तरीय नेताको आग्रह
नेपाल कम्युनिष्ट पार्टी नेकपा गोरखाका नेताहरुले पार्टीको राजनीतिक र बैचारिक कार्र्य दिशाको टुंगो छिटो लगाउन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
२६ औं मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेकपाका जिल्ला नेताहरुले साँगठनिक एकतासँगै पार्टीको राजनीतिक कार्यदीशा पनि स्पष्ट हुनुपर्ने बताएका हुन् । वक्ताहरुले तत्कालीन एमालेका महासचीव मदन भण्डारीलाई बैचारिक नेता र जीवराज आश्रितलाई कुशल संगठकका रुपमा अथ्र्याएका छन् । नेताद्धयले छोटो उमेरमै गरेको राजनीतिक प्रगति युवा पुस्ताका लागि पनि प्रेरणादायी हुने उनीहरुको भनाई थियो । कार्यक्रमका वक्ताहरुले पार्टी एकताको एक वर्ष संगठन निर्माणमै बितेको भन्दै अब वडातहसम्म संगठन विस्तार गर्दै जनताको विचमा जानुपर्नेमा जोड दिएका छन् ।

गत वर्ष जेठ ३ गते मदन आश्रित स्मृति दिवसकै दिन माओवादी केन्द्र र एमालेविच पार्टी एकताको घोषणा भएको थियो ।
मदन भण्डारी(जीवराज आश्रित स्मृति दिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रम गरेका छन् । एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा परी मृत्यु भएको थियो । गोरखामा भएको कार्यक्रममा बुद्धिजिवी संगठनका ऋषि खनालले मदन भण्डारी र जीवराज आश्रितको संक्षिप्त जीवनी प्रस्तुत गरे ।
जिल्ला पार्टी कार्यालय सचीव कृष्णबाबु कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कृष्ण धिताल, प्रदेश कमिटि सदस्य सम्झना देवकोटा, जिल्ला कमिटि सदस्य यादव वस्नेत, कृष्ण राना, ध्रुव भट्ट, किसान नेता रामबहादुर ढकाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमका बक्ताहरुले नेताद्धय भण्डारी र आश्रितले पार्टी र देशमा पु¥याएको योगदानको स्मरण गरेका थिए । इतिहासलाई भुलेर पार्टी अघि बढन् नसक्ने भन्दै उनिहरुले पार्टीमा योगदान पु¥याएका नेताहरु सधै सबैको स्मृतिमा रहने बताए ।




