| आइतवार, कार्तिक २९, २०८३

तारजाली प्रबिधिबाट बनाईएको घर हस्तान्तरण

गोरखा नगरपालिका वडा नं ५ मा ढुंगामाटोको जोडाईमा तारजाली  प्रबिधिबाट भूकम्प प्रतिरोधी घर निर्माण भएको छ ।

भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजना गोरखाको सामाजिक तथा प्राविधिक सहजिकरणमा अमलापानीस्थित भुकम्प प्रभावित संकटासन्न घरधनी सुकमाया दुलालको घर तारजालीबाट बनाईएको परियोजनाकी सञ्चार अधिकृत तारा ढकालले जानकारी दिईन् । एक कार्यक्रमका बिच गोरखा नगरपालीकाकी उप मेयर विनाकुमारी श्रेष्ठले दुलाललाई घर हस्तान्तरण गरिन् ।

कार्यक्रममा वडाअध्यक्ष रामकुमार थापा, स्वाँरा सघन गाँउ विकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठ, परियोजनाका समूह संयोजक ईश्वर घिमिरे, परियोजनाका इन्जिनियर रबिन पोखरेल, सब इन्जिनियर उत्तम बानिया, सामाजिक परिचालक मन्दिरा बस्नेत,आवास निर्माण साथी गोविन्द श्रेष्ठ, धन बहादुर थापा लगायत स्थानीय टोल विकास समितिका पदाधिकारी तथा भुकम्प प्रभावित घरधनीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्