
गोरखामा कांग्रेसको राष्ट्रिय जागरण अभियान सुरु
नेपाली कांग्रेसले गोरखामा राष्टिूय जागरण अभियान सुरू गरेको छ । पार्टी संगठनलाई सुदृढ गर्ने उद्देश्यले कांग्रेसले देशैभर तीन चरणमा अभियान सञ्चालन गर्ने क्रममा बुधबार गोरखामा अभियानको उद्घाटन गरिएको जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
जिल्ला पार्टी कार्यालय तीनधारेमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले अभियानको उद्घाटन गरेका उनले बताए । ‘हिमाल, पहाड, तराई मधेश, नेपाली कांग्रेस’ नारासहित अभियान जेठ २५ गतेसम्म सञ्चालन हुनेछ ।
जागरण अभियानमा मुख्य गरी पार्टीले तयार पारेको संघीय विधानबारे पार्टीका सबै निकायमा जानकारी गराउने तथा वर्तमान सरकारले गरेका जनहित विपरीतका कार्यक्रमबारे जनतालाई जानकारी गराउने तय भएको छ । अभियानका क्रममा गाउँपालिका तथा वडास्तरीय छलफल गर्ने, कांग्रेससँग जनताको अपेक्षा, सुझाव संकलन गर्ने सचिव न्यौपानेले जानकारी दिए । तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल टूेड युनियन कांग्रेस, नेपाल दलितसंघ लगायत भातृ तथा शुभेच्छुक संस्थालाई जागरण अभियानमा सक्रियतापूर्वक परिचालन गर्ने नेपाली कांग्रेस गोरखाले जनाएको छ ।

जिल्ला पार्टी सभापति हरीबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा उप सभापति शुकदेव दवाडी, जिल्ला सचिव पुर्ण दाहाल र महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।




