
प्रेस स्वतन्त्रताका लागि हस्ताक्षर संकलन
दरौंदी : २६ औं विश्व प्रेस स्वतन्त्र ता दिवस गोरखामा विभिन्न कार्यक्रम गरी मनाईँएको छ । दिवसका अबसरमा नेपाल पत्रकार महासंघ गोरखाले शुक्रबार प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता सम्बन्धी प्रतिबद्धताका लागि हस्ताक्षर संकलन गरेको छ ।

‘लोकतन्त्र र शान्तिका लागि मिडिया ः इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित दिवसका अबसरमा जिविस चोकमा हस्ताक्षर संकलन गरिएको हो । नेपालको संविधानको प्रस्तावना मै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ । तर प्रेस तथा अभि व्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका भएकाले प्रेस स्वतन्त्रताका लागि दबाबस्वरुप हस्ताक्षर संकलन गरिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै उनले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्ने बताए । सन् १९९३ मा संयुक्त राष्टू संघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।




