
सूचना प्रविधि दिवसमा प्रभातफेरि
राष्ट्रिय सूचना प्रविधि दिवस बिहिबारदेखि सुरु भएको छ । सरकारद्वारा विधिवत मनाउन मान्यता प्राप्त सो दिवसको दिन बिहान कम्प्यूटर एशोसिएशन अफ नेपाल(क्यान) गोरखा शाखाले प्रभातफेरिको आयोजना ग¥यो । पेट्रोलपम्पदेखि बसपार्कसम्म आयोजित सो प्रभातफेरिमा कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने ब्यबसायी तथा कम्प्यूटर प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरु सहभागी थिए ।
क्यान गोरखाले १५ दिवसीय बिभिन्न कार्यक्रम गरी सूचना प्रविधि दिवस मनाउने क्यान गोरखाका अध्यक्ष प्रेमध्वज थापाले जानकारी दिए ।क्यानले ‘आजको युगमा सूचना तथा सञ्चार प्रविधिको महत्व’ शीर्षकमा नगरपालिकाका मावि स्तरीय बक्तृत्व कला प्रतियोगिता र आइटी क्षेत्रमा प्रवेश गरेकाहरुको सहभागितामा आइटी सम्मेलन आयोजना गर्ने अधयक्ष थापाले बताए ।




