
टाउकोको अपरेशन गर्न आर्थिक संकलन
चुमनुब्री गाउँपालिका ३ पाङ्सिङ निबासी चाँदनी गुरुङको उपचारका लागि आर्थिक संकलन गरिएको छ । पोखरामा काम गर्दै आएकी गुरुङको टाउकोको शल्यक्रिया गर्नुपर्ने भएको र शल्यक्रिया गर्न धेरै खर्च लाग्ने भएकाले आर्थिक सहयोग संकलन गरिएको स्थानीय दिपेश गुरुङले जानकारी दिए ।
‘गण्डकी अस्पतालमा उपचार भइरहेको छ’, उनले भने, ‘रगत जमेको रहेछ । अपरेशन गर्न पाँचलाख रुपियाँ लाग्ने भएको र बिरामीसंग त्यति रकम नभएकाले सबैसंग अलिअलि गरेर आर्थिक सहायोग संकलन गरिएको हो ।’ अहिलेसम्म १९ हजार ७५० रुपियाँ संकलन भइसकेको उनले बताए । सो रकम बिरामीको आफन्तसम्म पठाइसकिएको उनले बताए ।




