| आइतवार, कार्तिक २९, २०८३

बारपाकको मौलिक शैलिका घर लोप भएकोमा सभामुख महराको चिन्ता

दरौंदी : २०७२ सालको भूकम्पको केन्द्र विन्दू वारपाकमा विभिन्न कार्यक्रम गरी विनाशकारी भूकम्पको सम्झना गरिएको छ । वारपाक सुलिकोट गाउँपालिकाको आयो जनामा भएको कार्यक्रममा भूकम्पपछिका ४ वर्षमा भएको पुननिर्माणको समीक्षाका साथै अब गर्नुपर्ने कामका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका समाभुख कृष्णबहादुर महराले भूकम्प अघिको वारपाकको मौलिक स्वरुपको जगेर्ना गर्नुपर्नेमा जोड दिए । भूकम्पअघि बेला बेला बारपाक आएको स्मरण गर्दै उनले त्यतिबेलाको मौलिक शैलिको घर लोप भएकोमा चिन्ता जनाए । स्मृतिसभामा बोल्दै महराले निर्माणाधीन संरचनाहरुको पुननिर्माण तोकिएकै समयमा सक्नुपर्नेमा पनि जोड दिए । सोही क्रममा उनले वारपाक स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन र हस्तान्तरण गरे। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक सहयोग मा भवन निर्माण गरिएको हो । ७ कोठे भवन स्वास्थ्य चौकी ब्यवस्था पन समितिलाई हस्तान्तरण गरिएको छ । भूकम्प स्मृति दिवसकै अवसर पारेर राष्ट्रिय स्तरको पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । दिलबहादुर रम्तेल स्मृति भलिवल प्रतियोगिताको सभामुख महराले शुभारम्भ गरे । प्रति योगितामा ९ टीमको सहभागीता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङले बताए । बैशाख १४ गते सकिने प्रतियोगिताका विजेताले १ लाख ५ हजार र उपविजेताले ६० हजार रुपैया पुरस्कार पाउनेछन् । केन्द्रविन्दू वारपाकमै भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा दिप प्रज्वलन गरिएको छ । गाऊँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख महरा, प्रतिनिधिसभामा शिक्षा र स्वास्थ्य विकास समितिकी सभापति साँसद जयपुरी घर्ती, प्रतिनिधि सभाका साँसद हरिराज अधिकारी, गण्डकी प्रदेशसभाका साँसद प्रकाशचन्द्र दवाडी, नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्