
पत्रकार रेवती सापकोटा सञ्चार रजिष्ट्रारमा नियुक्त
प्रदेश ३ सरकारले दि हिमालयन टाइम्समा कार्यरत पत्रकार रेवती सापकोटालाई सञ्चार रजिष्ट्रारमा नियुक्त गरेको छ । मन्त्रिपरिषदको बुधवार विहान बसेको बैठकले सापकोटालाई राजपत्रांकित प्रथम श्रेणीको सुबिधा पाउने गरी रजिष्टार नियुक्त गरेको हो ।
बिगत दुई दशकदेखि सक्रिय पत्रकारिता गरिरहेका सिन्धुपाल्चोक कुबिण्डे निवासी सापकोटा हाल अंग्रेजी दैनिक दि हिमालयन टाइम्समा कार्यरत छन् ।




