
आरुघाट ५ को वडा कार्यालय उद्घाटन
गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर ५ को कार्यालय भवन निर्माण भएको छ ।
भवनको एक समारोहका बिच गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । सिआरएसको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले १९ लाख ८९ हजार रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाएको हो । भवनमा एक सभाहल सहित २ कोठा छन् ।
नयाँ भवन बनेसँगै भूकम्पले भत्किएको पुरानो भवनमा कार्यसम्पादन गर्नुपर्ने बाध्यता हटेको वडाअध्यक्ष नारायणध्वज खड्काले बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




