
भरुवा बन्दूकसहित एक पक्राउ
दरौंदी : गोरखाको पालुङटार नगरपालिका ६ च्याङलीमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । अबैध रुपमा घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको अबस्थामा ५८ बर्षिय बिरबहादुर राना मगर पक्राउ परेका हुन् । सुचनाका आधारमा बुधबार उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक, हतियारमा प्रयोग हुने बारुद र सिसाका टुक्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पक्राउ परेका मगरलाई हात हतियार खरखजना शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एस पि भोला रावलले बताए ।




