| आइतवार, कार्तिक २९, २०८३

पशु प्राविधिकलाई तालिम सम्पन्न

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले पशु प्राविधिकहरुलाई जुनोटिक रोग र जैविक सुरक्षा विषयक तालिम दिएको छ । जिल्लाको ११ वटै स्थानिय तहमा एक गाउँ एक प्राविधिक कार्यक्रम अन्तरगत रहेका २८ प्राविधिकलाई पशुबाट मानिसमा सर्ने र मानिसबाट पशुमा सर्ने रोग र जैविक सुरक्षाका विषयमा तालिम दिईएको हो ।

प्राविधिकहरुलाई स्थानिय तह र विज्ञ केन्द्रमा सुचना प्रवाह गर्ने तथा जुनोटिक रोग लागेको खण्डमा नमुना संकलन तथा प्रयोगशालामा पठाउने तरीकाका बारेमा केन्द्रका प्रमुख वज्रकिशोर ठाकुर र डाक्टर जिवन पोख्रेलले सहजिकरण गरेका थिए ।

तालिममा पशु प्राविधिक देवी कपाली र आशा आलेले प्रयोगात्मक कक्षा सञ्चालन गरेका थिए ।

तालिम समापनकै अबसरमा तालिम अबधिभर उत्कृष्ट कार्य गर्ने तिन पशु प्राविधिकलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा धार्चे गाउँपालिकाका ठाकुर ढकाल र बारपाक सुलिकोट गाउँपालिकाका सन्जिव बाबु श्रेष्ठ र दुर्गा शर्मा छन् ।

प्रतिक्रिया दिनुहोस्