
दीपक बोहोरा १२ दिनपछि रिहा
दरौंदी : एनसेल टावरमा आगजनी गरेको आशंकामा गत फागुन १९ गते पक्राऊ परेका विप्लव नेतृत्वको नेकपा गोरखाका कार्यकर्ता दिपक बोहोरा साधारण तारेखमा रीहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय गोरखाले उनलाई ३ हजार रुपैया धरौटी लिएर तारेखमा रीहा गरेको हो । गोरखा नगरपालीका विरेञ्चोक स्थित एनसेल टावरमा आगजनीको घटनामा संलग्न भएको भन्दै प्रहरीले बोहोरालाई फागुन १९ गते गोरखा नगरपालीका १ ताप्लेबाट पक्राऊ गरेको थियो ।
उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दर्ता गरि अनुसन्धान थालिएको थियो । उनलाई प्रशासनले चैत १ गते रिहा गरेको हो । आफू डेढबर्षदेखि राजनीतिमा निष्कृय भै व्यबसायमा लागेको उनले बताएका छन् ।




