| आइतवार, कार्तिक २९, २०८३

पालुङ्टारकी उपमेयर नेपाल नगरपालिका संघ महिला विभागमा मनोनित

नेपाल नगरपालिका संघ, महिला विभागको केन्द्रिय सदस्यमा पालुङ टार नगरपालिकाकी उप प्रमुख पम्फा बसेल मनोनयन भएकी छिन् । संघले १७ सदस्यिय विभाग गठन का क्रममा बसेललाई सदस्यमा मनोनयन गरेको हो । राप्ती नगरपालिकाकी मेयर प्रभा बरालको संयोजकत्वमा गठन भएको विभागमा गण्डकी प्रदेशका दुई सदस्य छन् ।
बसेल सहित कुस्मा नगरपालिका की उपमेयर सीता काफ्ले लामीछाने गण्डकी प्रदेशबाट विभागमा प्रतिनिधित्व गरेका हुन् । २६ औ नगरपालिका संघ दिवसको अबसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रम मा महिला विभागका पदाधिकारी लाई सपथ ग्रहण सहित जिम्मे वारी दिईएको छ । गोरखाको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंल यसअघि नै नेपाल नगरपालिका संघको केन्द्रिय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्