| आइतवार, कार्तिक २९, २०८३

गण्डकी गाउँपालिकाको वडा वडामा नागरिकता वितरण

जिल्ला प्रशासन कार्यालय गोरखाले गण्डकी गाउँपालिकाको विभिन्न वडामा सञ्चालन गरेको घुम्ति शिविरमा दुई सय ३० जनाले नागरिकता बनाएका छन् । गण्डकी गाउँपालिका ३ को वटुकी आधारभुत विद्यालयमा आयोजित शिविरमा ६७ जनाले नागरिकता बनाएका छन् । यस्तै, वडा नं ५ को वडा कार्यालयमा आयोजित शिविरमा ९४ र वडा नं २ को वडा कार्यालयमा आयोजित शिविरमा ६९ जनाले नागरिकता बनाएका जिल्ला प्रशासन कार्यालयका खरीदार रवीलाल सुवेदीले जानकारी दिए ।
योग्य भएर पनि विभिन्न कारणले नागरिकता बनाउन नसकेका नागरिकलाई उनिहरुकै ठाउँमा नागरिकता प्रदान गर्ने उदेश्य सहित जिल्ला प्रशासन कार्यालयले विभिन्न ठाउँमा घुम्ती शिविर मार्पmत नागरीकता दिदै आएको छ ।
तिनवटै ठाउँमा आयोजित शिविरमा जिल्ला निर्वाचन कार्यालयले फोटो सहितको मत दाता नामावली पनि अद्याबधिक गरेको छ ।
जसअनुसार दुई सय ९७ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम सुचिकृत गरेका सुवेदीले बताए । उनका अनुसार वडा नं ३ मा एक सय दुई, वडा नं ५ मा ९८ र वडा नं २ मा ९७ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम अद्याबधिक गरेका छन् ।
फागुन १६ गते गण्डकी गाउँ पालिकाको वडा नं ३ मा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको उपस्थितीमा शुरु भएको शिविर वडा नं ५ र २ हुँदै आइतबार सकिएको हो । शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल सहित ५ जना कर्मचारीले सेवा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्