| आइतवार, कार्तिक २९, २०८३

इञ्जिनियरद्वारा पुनर्निर्माणको काम नगर्ने चेतावनी

गोरखामा पुनर्निमाणमा खटिएका प्राविधिकहरुले फागुन २० गतेबाट काम नगर्ने चेतावनी दिएका छन् । विभिन्न आठबुँदे माग पूरा नभए २० गतेदेखि काम ठप्प पार्ने उनीहरुले चेतावनी दिएका हुन् । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठमार्फत राष्टिूय पुनर्निर्माण प्राधिकरणलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले अघिल्ला बर्ष दिदै आएको सेवा सुविधा नरोक्न माग गरेका छन् ।
भौगोलिक, प्रोत्साहन, यातायात महंगी साथै सञ्चार भत्ता मासिक रुपमा दिन उनीहरुको माग छ । राष्टिूय पुनर्निमाण प्राधिकरण अन्तरगत जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना विमा, क्षमता अभिवृद्धि तालिमको पनि ब्यबस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । प्राविधिकलाई सञ्चयकोषको ब्यबस्था गर्न उनीहरुले राष्टिूय पुनर्निमाण प्राधिकरणको ध्यानाकर्षण गराएका छन् । भुकम्प पिडीतहरुले अनुदान रकम पाउने ब्यबस्था सरल र सजिलो बनाउन पनि उनीहरुले माग गरेका छन् । गोरखाको पुनर्निमाणमा खटिएका प्राविधिकहरुले जिल्ला तथा केन्द्रिय आयोजना कार्यान्वयन इकाई, जिल्ला समन्वय समिति तथा ११ वटै स्थानिय तहमा पनि ज्ञापन पत्र बुझाएका छन् ।
जिल्लामा राष्टिूय पुनर्निमाण प्राधिकरण अन्तरगत एक सय ६ इन्जिनियर , ७४ सब इन्जिनियर र ७१ असिस्टेन्ट सब इन्जिनियर कार्यरत रहेको इन्जिनियर युवक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्