| आइतवार, कार्तिक २९, २०८३

तमू महिलाको राष्ट्रिय सम्मेलन फागुन १८ र १९ गते गोरखामा हुने

तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्टिूय परिषदको पहिलो पार्षद सभा गोरखामा हुने भएको छ । परिषदले आइतबार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै फागुन १८ र १९ गते गोरखा सदरमुकाममा पार्षद सभा गर्ने जानकारी दिएको हो । सभाको तमू ह्युल छोजं धिं गुरुङ राष्टिूय परिषदका केन्द्रिय अध्यक्ष रेशम तमूले उद्घाटन गर्ने परिषदकी महासचिव अञ्जना तमूले जानकारी दिईन् ।
सभामा ३५ जिल्ला, विशेष सदस्य संस्था र करीब २० वटा तमू संघ संस्थाका प्रतिनिधी सहभागी हुने परिषदकी महासचिव तमूले बताईन् । पार्षद सभाको ब्यबस्थापनका लागि तमूस्यो ह्युलछोजं धीं गुरुङ महिला राष्टिूय परिषद गोरखकी अध्यक्ष मीनाकुमारी तमूको संयोजकत्वमा समिति गठन गरिएको छ । जातिय समुदायको भाषा, भेषभुषा, लिपि, धर्म, संस्कार र संस्कृति साथै जातिय हकहित र अधिकारको संरक्षण एवंम् संबद्र्धन गर्ने उदेश्यले सभा गर्न लागेको उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्