| आइतवार, कार्तिक २९, २०८३

सुर्यमानलाई ह्विल चेयर प्रदान

गोरखाको धार्चे गाउँपालिका माछाखोलाको जनजागृती आधारभुत विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई ह्विल चेयर प्रदान गरिएको छ ।
शारीरीक रुपमा अशक्त कक्षा ६ मा अध्ययनरत सुर्यमान गुरुङलाई गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले ह्विल चेयर प्रदान गरे ।
आई एन एफ नेपालसँगको सहकार्यमा गोरखा नगरपालीका ८ का निरन्जन रमण खनालले गुरुङलाई ह्विल चेयर उपलब्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्