| आइतवार, कार्तिक २९, २०८३

लायन्स क्लब अफ गोरखाद्धारा गुरुकुलका विद्यार्थीलाई खाद्यान्न सहयोग

लायन्स क्लब अफ गोरखाले गोरक्षनाथ बैदिक गुरुकुलका विद्यार्थीका लागि खाद्यान्न सहयोग गरेको छ । ३६ औं स्थापना दिवसको अबसरमा गुरुकुल परिसरमा पुगेर क्लबका पदाधिकारीहरुले खाद्यान्न हस्तान्तरण गरेका हुन् । चामल, दाल, चिनि, चियापत्ती, विस्कुट लगायतका खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष श्यामबाबु जोशीले जानकारी दिए ।

स्थापना दिवसकै अबसरमा लायन्स क्लबले लियो क्लब अफ गोरखालाई अक्षयकोष स्थापनाका लागि २१ हजार एक सय ११ रुपैयाँ हस्तान्तरण गरेको लायन्स क्लब अफ गोरखाका अध्यक्ष जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्