| आइतवार, कार्तिक २९, २०८३

प्रजातन्त्र दिवसका अबसरमा अन्तरक्रिया

६९ औं प्रजातन्त्र दिवसका अबसरमा गोरखा नगरपालिका ४ को ढुंगागाडे आधारभुत विद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको छ । विद्यालय र मानव अधिकार सञ्जालको संयुक्त आयोजनामा बाल अधिकार सुनौलो भविष्यको आधार विषयक कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले बाल अधिकार सुनौलो भविष्यको आधार विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक शंकरबाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षीका उर्मिला अर्याल, सीता खत्री लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्