
तीनदिने कार्यक्रम गरी ६९ औ प्रजातन्त्र दिवस मनाइने
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस गोरखामा विभिन्न कार्यक्रमका साथ मनाईने भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आइतबार भएको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रमका साथ दिवस मनाउने निर्णय गरेको हो । बैठकले दिवस मनाउनका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको संयोजकत्वमा ६९ सदस्यिय मुल समारोह समिति गठन गर्दै विभिन्न कार्यक्रम तय गरेको हो ।
बैठकले फागुन ७ गते प्रजातन्त्र दिवसका दिन विहान ८ बजे गोरखा सदरमुकाममा प्रभातफेरी सहित जिल्ला समन्वय सभाहलमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै, गोरखा नगरपालिकाको संयोजनमा ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको छ । प्रजातन्त्र दिवसकै अबसरमा उद्योग वाणिज्य संघ गोरखाले जिल्ला कारागारमा पानी शुद्धिकरण मेसिन हस्तान्तरण गर्ने भएको छ । फागुन ६, ७ र ८ गते राष्टिूय प्रजातन्त्र दिवस तथा तेस्रो निर्वाचन दिवसका अबसरमा कार्यालय, संघसस्ंथा तथा निजि निवासमा दिपावली गर्न पनि बैठकले सबैलाई आब्हान गरेको छ ।
यस्तै,जिल्लाका सञ्चारमाध्यममा प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रम गर्न पनि बैठकले आग्रह गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त सहित विभिन्न कार्यालय तथा संघसस्थांका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो ।




