
उद्योग वाणिज्य संघको सदस्यमा श्रेष्ठ मनोनित
उद्योग वाणिज्य संघ गोरखाले ब्यबसायी दिपक श्रेष्ठ (अनु)लाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संघको शनिवार बसेको कार्यसमिति बैठकले न्यु विशाल किराना स्टोर्सका सञ्चालक श्रेष्ठलाई मनोनित गरेको उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष भगवानबाबु मास्केले जानकारी दिए । यसअघि संघले ब्यबसायी शिवध्वज खत्रीलाई मनोनित गरेको थियो । दुईजना मनोनित भएसँगै संघको कार्यसमिति २३ सदस्यिय भएको छ ।




