
नेता अधिकारीको सम्झनामा नेविसंघले स्मृति सभा ग¥यो
गोरखाको अजिरकोट गाउँपालिकामा नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसका नेता झगेश्वर अधिकारीको स्मृति सभा गरेको छ । नेविसंघ अजिरकोट गाउँपालिकाका संयोजक प्रबिन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल, उप प्रमुख चन्द्रमाया गुरुङ , ने वि संघ जिल्ला अध्यक्ष सुवास अधिकारी, अजिरकोट गाउँपालिका वडा नं ३ का अध्यक्ष तोयाराज गुरुङ , ने वि संघ जिल्ला सदस्य दिनेश अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका नेविसंघका जिल्ला सचिव मिलन सिंह बस्नेतले जानकारी दिए ।




