| आइतवार, कार्तिक २९, २०८३

नेकपाको २४ औं जनयुद्ध दिवस सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी गोरखाले विभिन्न कार्यक्रमका साथ २४ औं जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच पार्टी एकता भएपछिको नेकपाले पहिलो पटक जनयुद्ध दिवस मनाएको हो । बुधबार जिल्ला पार्टी कार्यालयमा नेकपाले शहीदहरुको सम्मान, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारीले जनयुद्ध र जनआन्दोलनको औचित्य नसकिए को दाबी गरे ।

शहीदका सपना पुरा गर्नका लागि शान्तीपुर्ण र प्रतिस्पर्धात्मक ढंगले अघि बढ्नुपर्नेमा उनको जोड दिए । ‘नेपाली नागरिकलाई अधिकार सम्पन्न बनाउने चाहना अनुसार संविधान जारी भयो’ उनले भने ‘गाउँ गाउँमा सिंहदरबार भनियो, तर अझैपनि त्यस्तो अबस्था नरहेमा आबश्यकता अनुसार संविधान संसोधन गर्न सक्छौ । अझै गर्नुपर्ने थुप्रै काम छ । हामी नयाँ राजनितिक ब्यबस्थामा छौं ।’ पार्टी एकता भएको लामो समयसम्म पनि सांगठनिक आधार बनाउन नसक्नुलाई कमजोरीका रुपमा नलिन उनले आग्रह गरे । कार्यक्रमका बक्ताहरुले तल्लो तहसम्म पार्टी एकिकरण छिटो टुंगाएर राजनितिक गतिविधि बढाउने कार्यक्रम ल्याउन नेतृत्व तहसँग माग गरेका थिए ।
केन्द्रिय सदस्य कृष्ण धिताल को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य कमला नहर्की, प्रदेश सदस्य बाबुराम थापा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नेकपाले जिल्लाको सबै स्थानीय तहमा शुभकामना आदान प्रदान लगायतका कार्यक्रम आयोजना गरेको जिल्ला पार्टी कार्यालयका सचिव अकुर तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्