| आइतवार, कार्तिक २९, २०८३

गोनपा ११ मा महिला नेतृत्व विकास तालिम

गोरखा नगरपालिका वडा नं ११ का महिलाका लागि सोमबारबाट नेतृत्व विकास तालिम सुरु भएको छ । वडाको सामुदायिक भवनमा एक कार्यक्रमका बीच गोरखा नगरपालिकाकी उपमेयर विना कुमारी श्रेष्ठले तालिमको उद्घाटन गरिन् ।
नगरपालिकाको महिला विकास शाखाको आयोजनामा भएको तालिममा प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, सामाजिक विकास शाखाका विजयभक्त तिवारी, शाखाकी इन्दिरा अम्गाई लगायतले सहजिकरण गर्नेछन् । वडाको विभिन्न महिला समुहका २५ जनाको सहभागिता रहेको तालिम मंगलबारसम्म चल्नेछ । तालिम उद्घाटन कार्यक्रम वडा अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्