| आइतवार, कार्तिक २९, २०८३

प्रकाण्डका छोरालाई १० दिनको म्याद थप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरालाई १० दिनको म्याद थप गरेको छ। प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई बिहीबार अनुसन्धानका लागि भन्दैे म्याद थप गरिएको हो।

प्रहरीले सात दिनको म्याद सकिए लगत्तै १० दिनको म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। विश्वकर्मालाई गत बिहीबार नाइन एम एम पेस्तोलमा लोड हुने तीन राउण्ड गोलीसहित विराटनगर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो।

पक्राउ परेका विश्वकर्मालाई मोरङ प्रहरीले खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। डीएसपी श्रेष्ठले मुलुकी अपराध संहिता २०७४ अनुसार म्याद थपेर नरेन्द्रमाथि अनुसन्धान गर्ने काम भइरहेको जनाए।

प्रतिक्रिया दिनुहोस्