| आइतवार, कार्तिक २९, २०८३

सामाजिक सुरक्षाका लागि आबश्यक स्थानिय नितिको ब्यबस्था गर्न निर्माण मजदुरको माग

गोरखाका निर्माण मजदुरहरुले सामाजिक सुरक्षाका लागि आबश्यक स्थानिय नितिको ब्यबस्था गर्न माग गरेका छन् । नेपाल विजुली पेन्टर प्लम्बर तथा निर्माण मजुदर युनियन जिल्ला कमीटीले जिल्ला प्रशासन कार्यालय तथा गोरखा नगरपालिकामा विभिन्न पाचँ बुँदे माग पेश गर्दै आबश्यक निति बनाएर कार्यान्वयन गर्न माग गरेको हो । सरकारले लागु गर्ने योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत निर्माण ब्यबयायी तथा निर्माण मजदुरको नामावली सुचिकृत गर्न, सामाजिक सुरक्षा सम्बन्धी स्थानिय तथ्यांक, सुचना ब्यबस्थापन तथा सामाजिक सुरक्षा योजना र ब्यबस्थापनको कार्य शुरुगर्न पनि उनिहरुले ध्यानाकर्षण गराएका छन् । युनियनका जिल्ला कार्यसमिति अध्यक्ष शिवहरी न्यौपानेले हस्ताक्षर गरेको ज्ञापन पत्रमा सरकारबाट अनुमति प्राप्त निर्माण ब्यबसायीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गरि उनिहरुसँग काम गर्ने मजदुरको नाममा सामाजिक सुरक्षा कोष कट्टा गर्न पनि माग गरिएको छ । युनियनले सम्पुर्ण निर्माण तथा अनौपचारीक श्रमिक र स्वरोजगार श्रमीकहरुलाई यथासक्य चाडै सामाजिक सुरक्षाकोषमा सुचिकृत गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्