| आइतवार, कार्तिक २९, २०८३

काठमाडौँ बस्ने चुमनुब्रीबासी र जनप्रतिनिधि बीच अन्तरक्रिया

गोरखाको चुमनुब्री गाउँपालिका बासीन्दाले भौगोलिक हिसाबले विकट गाउँपालिकालाई विकास बजेट बढी दिन माग गरेका छन् । दुर्गम क्षेत्रमा विकास निर्माणका लागी निर्माण सामाग्री र कामदार ज्याला महंगो हुने भएकाले सोही आधारमा सरकारले बजेट विनियोजन गर्नुपर्ने उनिहरुको भनाई छ । चुमनुब्री गाउँपालिका घर भई काठमाण्डौमा बसोबास गर्नेहरुबिच शनिबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सह भागीहरुले यस्तो माग राखेका हुन् । उनीहरुले सो क्षेत्रको पर्यटन , सडक, जडिबुटी लगायतका क्षेत्रमा विकास गर्नु जरुरी रहेको बताए । छेकम्पारको सडकमा ठेकेदारले लापरबाही गरेको पनि उनीहरुले सांसदको ध्यानाकर्षण गराएका छन् । नेपाली सेनाले निर्माण गरेको सडकले मनास्लु पदमार्ग अस्तब्यस्त भएको, गाउँपालिकामा कर्मचारी अभाव रहेको, जिल्ला सदरमुकामका कार्यालयहरुले उत्तरी गोरखाका बासिन्दाको काममा दुख दिने गरेको उनीहरुले गुनासो गरेका हुन् । सिर्दिबासस्थित खाद्य डिपोले सातवटै वडामा सेवा पु¥याउन नसक्ने भएकाले अन्य वडालाई समेत पायक पर्नेगरी खाद्य डिपो थप गर्न पनि उनीहरुले माग गरेका छन् । कार्यक्रममा सहभागी प्रतिनिधि सभाका सांसद हरिराज अधिकारीले स्थानिय बासिन्दाले उठाएका मागहरु पूरा गर्न सक्दो पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै धार्चे र चुमनुब्री गाउँ पालिकालाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने आश्वासन दिएका छन् । निमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अधिकारी, चुडामणी खड्का, पुर्व राज्यमन्त्री छमबहादुर गुरुङ, चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङ, वडाअध्यक्षहरु पासाङ फुन्जो लामा, वीरबहादुर लामा, पेमा डुण्डुप लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका प्रमुख नरेन्द्र लामा, लाक्पा डुण्डुप लामा, लक्ष्मण गुरुङ लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्