| सोमवार, साउन १०, २०८३

सीता मैयाबारे असत्य प्रचारले घायल बनायो

चैतन्य देवकोटा :

वृद्धवय, नेत्र ज्योतिको असुविधाका कारण टाइपोलोजिकल इरर हुनसक्छ । तैपनि एडिट गरी संचयमा राखिएको छ । अहिले ढाडमा अत्याधिक पीडा छ । उठन बस्न पनि काफी तकलिफ हुन्छ ।

दुर्घटना स्वरूप घटना घटेकोले केही दिन अस्पताल बसेर नवजीवन पाएको छु । यही बेला सीता मैयाँको असत्य प्रचार सहन गाहारो भयो । जति गाली गरे पनि थोरै पर्ने राणाहरूले मेरो देशको अस्तित्व गोरखा अधिराज्य बेचेका छन् । यो हेरी लाचार बनी चेपे–मस्र्याङ्दी र बूढीगण्डकी भित्र च्यापी दिएको दोष हो ।

कठिन भूगोलभित्र आर्यावर्तको भावना साकार पार्न प्रतिबद्ध पूर्वजका धरोहर नाम निशानको बिम्ब सम्झिनु परेको छ । अनेक बुद्धि र ज्ञानका पुञ्ज भए पनि हृदयपुञ्जमा कुल गौरव भएका फरक युगको गतिमा अग्रसर पुर्खाको रगतको अवमूल्यन देखेर बेचैन हुने गर्छु । यो मन त्यो परिवेश भाँचिएका अंगले मातृभूमिको लागि केहि गर्न सकुँला र ? भन्ने चिन्तनग्रस्त बनाउँछ ।

गोरखा, भगिरथ र ऐतिहासिक राष्ट्र निर्माणमा सुने बुझेका गलत सहि जे जसो भए पनि खेस्रा गर्न छाडेको छैन ।
केवल भीडभाड गरेर सत्तापरक आस्थाका शासकले नागरिकका दुख असुविधा के महशुस गरून ? त्यस (पाल्ही र माझखण्ड) जिल्लाका जनप्रतिनिधि लुटेरा डांकु संस्कारमा हुर्केका सत्यतथ्य जति चुप बसे पनि बास्तविकता त्यहि नै पाइने छ । देशको भौगोलिक स्थितिअनुसार राज्यले वसुदैव कुटुम्वकमको उदार नीतिको फाइदा लिन पल्केका यस्ता देशी बिदेशी जालीझेली समूह को बोलबाला सर्वबिदित छ ।

सुस्ता र बनकटिदेखिको नरसयी वघवन केवल त्यहि प्रकरण होइन कसैले भन्न सक्ला ?
उताका (कुनै समय मोग्लानिय भनिने?) गण्डक वा अन्य नदी नालाका दहत्तर बहत्तरमा परेका सुकुम्बासी बनाएर शरणार्थी ल्याई बृहत् वघवन मासेर तिनमा यिनबाट जग्गा बांडेर वनभरिका भूमि बेचेर कमाउने पेशेवारको हैकम असत्य नहोला । त्यो समाज जसरि हुन्छ दक्षिणाधिको नजरमा अतिप्रिय बन्ने आरूले ढाकिएको देखिन्छ । जुन राष्ट्र र राष्ट्रियताभित्र ठेलमठेल गरी पसेर पनि यही राष्ट्र माथि दिलैदेखि कोक्किएकै वाक्य ओकल्छन सबैले बुझेजस्तै लाग्छ, मुखबाट राम राम वर्णन गर्न कठिन छ ।

लौ चन्द्रशमशेरको सिकारका निम्ति बग्गी, हाथी चल्ने माटे खाडल पुर्न बनाइएको डा. एनटन फुहर्रको प्राबिधिक सल्लाह अनुसार निर्मित रूपन्देही, त्रिवेणीे धुलेमाटे वयलगाडासम्म चल्ने बाटो झारा गरी तयार पारिएको खड्ग सम्शेरको विकास जस्तो कस्ले बुझोस् । त्यही आज हुलाकी मार्ग भनी ढाँटेर झुक्याइ अनेक स्वरूप लिई बस्नेको क्षेत्रका पुरानिया भन्छन् ।
त्रिवेणीमा हुलाकी सेवा भैरहवा एक्सचेञ्जपोष्ट अफिसका एरिया बाँडिएका हुलाकी अर्थात पोष्टम्यान गाउँगाउँ घुमेर चिठी पत्र बुझाउने प्रचलन एकदम सत्य हो, हुलाक सेवा बिभागको रेकर्ड हुन पर्दछ ।

दाउन्ने भन्ज्याङ हुँदै मधेशका चिठ्ठी नवलपुर भई पूर्व उपरदाङ्गगढी (प्रशसकीय अड्डा अदालत रहने केन्द्र) हुँदै अगाडि हुलाक जाने गथ्र्यो । यस्तो यथार्थ पन्छाई हुलाकी राजमार्ग नामकरण बुझिन्न । यस्ता फरेबी कुराले स्थानीय झोपडी निवासी कति लाभान्वित हुन्छन्, यस्ता शोषणको यथार्थ कस्ले बुझने ? यसरी राष्ट्रघात गरेर सम्दातावद्ध दाताहरू रिझाई खान पल्केका ताबेदार धुताहा स्वभाव भएकाको बाहुल्य रहेको त्यस क्षेत्रलाई जसरी बुझ्ने हो बुझुन् । यस्तालाई पनि थरथर काम्दै यहाँका प्रशासकले जागिर खान तिनलाई सलाम गर्नु कति उपयुक्त होला ?

नजिकै ललारी कुसारी वन जहाँ जगज्जननी माता सीता (जनकनन्दिनी) पाताल प्रवेश गरेको अति पावन भूमिमा कुनै परम दयालु परिवारले भव्य मन्दिर बनाई आफनो कीर्ति राख्ने गरेको ससेथापछिको अर्काे स्थान पीडा बोकी रहेको छ । पुरातात्विक महत्वको त्यो अल्य राष्ट्रिय सम्पदा जथाभावी गरेर नाशोन्मुख देखिन्छ । दर्शनार्थी श्रद्धालु यसरी पुण्यमय स्थानको ब्यक्तिगत प्रतिष्ठा पारिवारिक बनाउने त्यस क्षेत्रका ठूलाबडा काजीसाहेवका हर्कत पनि त्यहि देखिन्छन् । नारायणीमा (त्रिवेणी बजार समीप) झोलुंगे पुल बनाउने दानवीर दाताहरूका नाम राजधानी लगायत सम्बद्ध जिल्लाका मिडियामा प्रकाश भएको दशकौं पुगे जस्तो लाग्छ ।

करोडौं दान उठाई उडाएको हेरी बस्नयोग्य मानिएका प्रशासक त्यही रजगज्ज छन । भक्तहरू तारी बस्ने त्रिवेणीमा सबै समय डुंगा चलाउने मल्लाह आफ्नो पेशा गरेकै छन् । दोसाँधमा टाइगर रिजर्भको भय उत्तिकै छ ।

घाट तरेर मन्दिर पुग्ने दुरी पनि त्रासदी लाग्दो छ । मगधका चौथो सदिका मगधका पाल सम्राटहरूको समयका अवशेषलाई हरूवा चरुवाहाहरूले वाल्मिकी आश्रम भनी दिएर हल्ला मच्चाइएको पनि लाग्छ ।

सत्य यथार्थ केहो (?) पुरातत्वको उत्खनन् अध्ययन पाइन्न । वाल्मिकीय आनन्द रामायण कहिल्यै अध्ययन अनुसन्धान र अनुशिलन भएको सुनिदैन । त्यहींको दरवार (?) डाँडो नै जनक महाराजको शितल निवास पनि बताइन्छ । मिथिलाको सिमान्त क्षेत्र गण्डक रहेको त प्रमाणितै छ । सितामाताको प्रश्रव कालको निवास यही हो कि (?) यता खोजी गर्नतिर कहिल्यै ध्यान गएको भेटिन्न । देशको शासन त ठिंगाबलम जस्तो लाग्छ । सबै पेशा बनाउने पुरातत्वका ज्ञातालाई छैन कसरी भन्नु ?
नारायणहिटी परिसरमा रेष्टुराँ बनाएको हल्ला असत्य थिएन होला । सुस्ता र अनेय भूमि अबश्य खेती गर्न पसेका भोका नांगा बनेर पसेका आज उखडा बिर्ता जिमदारका नक्कली पूर्जा लिई नागरिक बनी बस्नेहरूनै मन्त्री बन्ने देश बनाए । यस्तो मौका छोपाछोपको स्थिति सत्य बाहेक अन्य हुन्न ।

नश्यन्तेस् बहुनायका मगधको मत्स्यन्याय भनिने उदाहरण लायक प्रदेश सम्झेर निमित आंशु चुहाउने को ? लव र कुस मावलीको यस्तो स्थिति देखी दिक्दार भै लागे पैतृक भूमि अयोध्यातिर । यसै स्थानको सन्निकटको पल्लो किनार ठोरी नै अयोध्या हो भनेर गीत गाउने, राम मन्दिर ठड्याई रामायण माथि ब्रिक पिलरका नै जंगी (वा अजंगका) लठ्ठाको इतिहास कस्ले बुझोस् ? गोरखा र गोरखनाथको तादाम्य छैन भन्ने विद्वान पूज्ने, होली वाइन चडकाउने छट्टु मडारिने स्थानलाई न धर्म न धराधन्य छ । गुरु गौरक्षनाथोंका नाथ सब अनाथका नाथ आदि ।

प्रतिक्रिया दिनुहोस्