| सोमवार, साउन १०, २०८३

नयाँ जनवादी क्रान्तिको चरण बारे एक बिमर्श :

नारायण अधिकारी

नेपालमा तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर एक खालको प्रतिक्रियावादी सत्ता निर्माण भएको छ। सन् १९११ देखि सन् १९४९ सम्म चीनमा पनि यस्तै सत्ता थियो ।

अध्यक्ष माओको सबैभन्दा ठुलो योगदान नै के हो भने यस्ता तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर बनेको सत्तालाई पल्टाउन सक्ने राजनीतिक कार्यदिशा को आविष्कार गर्नु । अध्यक्ष माओ ले सन् १९११ पछि नै चीनमा पुँजीवादी क्रान्ति भइसक्यो भनेर भन्नेहरुलाई दीर्घकालीन जनयुद्ध को २८ वर्षे लामो वर्ग संघर्षको बाटो हिँडाएर अर्को पुँजीवादी क्रान्ति गर्नु भयो।

अध्यक्ष माओले चीनमा गर्नु भएको उक्त क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भनिन्छ। उक्त नयाँ जनवादी क्रान्तिले तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर बनेको सत्ता लाई पल्टाइदियो। चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको ७४ वर्ष पुरा भइसकेको छ।

हाल चिनमा उनीहरुका प्यारामाउण्ट नेता सि जिङपिङ सत्ताको केन्द्रमा छन्।सि जिङपिङले नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद स्थापना गर्नको लागि सि बिचार लागु गर्ने निर्णय चिनको संबिधानमा लेखाएका छन्।

नयाँ जनवादी क्रान्ति भएको ७४ वर्षपछि मात्र आज आएर चीनले समाजवादी क्रान्ति को खाका कोर्दै छ। चिनियाँहरुबाट पनि क्रान्तिका चरण बारे हामीले केहि सिक्न सक्छौं। तीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्गको सत्ता र समाजवादी सत्ताको बिचमा अर्को लामो संक्रमणकालीन सत्ता९नयाँ जनवादी सत्ता०को अभ्यास गर्नु पर्छ भन्ने अध्यक्ष माओको सबैभन्दा ठुलो खोज हो।

माओवाद मान्छौं भन्ने तर अध्यक्ष माओको खोज नस्विकार्ने तत्वहरुलाई के भन्ने रु समाज बिकाशको ञऐतिहासिक द्वन्द्वात्मक भौतिक को नियम बिपरित एकै चोटि समाजवादी क्रान्ति को कुरा गर्नु हाम्रो क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालझका आदरणीय अध्यक्ष किरणको भनाइमा वाम अवसरवाद हो।

नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न धाराहरु जस्तै प्रचण्ड समुह,बिप्लव समुह,आहुती समुह आदिको राजनीतिक दस्तावेजबाट ञतीन वटा वर्गहरुस् (दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग बाट बनेको सत्ता र ञसमाजवादी क्रान्ति को बिचमा संक्रमणकालीन सत्ता अर्थात नयाँ जनवादी व्यवस्था सत्ता कता हराएको छ कता रु कहिँ भेट्याउन सकिंदैन । यसरी क्रान्तिको एउटा सिङ्गो चरण गायब पार्नु अवसरवाद हो।

यसो गर्नु अवसरवाद मात्रै नभएर ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको खिलाफमा उत्रनु समेत हो। मैले माथि पनि उल्लेख गरेको छु नयाँ जनवादी क्रान्ति राज्य सत्ताकोविविध चरण मध्य एक संक्रमणकालीन चरण हो यसमा नेतृत्व कम्युनिष्ट पार्टीको भएपनि अधिनायकत्व भने जनवादी हुन्छ अर्थात राज्य सत्ताको मालीक को रूपमा किसानरमजदुर देखि बिचका सबै वर्ग सहित राष्ट्रिय पुँजीपति सम्मको सहभागीता हुन्छ।

तर ञतीन वटा वर्गहरु दलाल पुँजीपति वर्ग,नोकरशाही पुँजीपति वर्ग र सामन्त वर्ग मिलेर बनेको राज्यसत्तामा किसानरमजदुर देखि बिचका सबै वर्ग सहित राष्ट्रिय पुँजीपति सम्म उत्पीडिनमा हुन्छन्।

त्यसकारण देशमा भौतिक बिकाश जुनसुकै चरणको भएपनि सामाजिक क्रान्तिको चरण ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको नियम संगत भएन भने जनता अधिकार सम्पन्न अर्थात सार्बभौमसत्ता सम्पन्न हुन सक्दैनन् ।

नयाँ जनवादी क्रान्ति को चरण छोडेर हामीलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद बिरोधि बन्नु छैन।छलफलमा प्रचण्ड,बिप्लव,बाबुराम र आहुती सँग हाम्रो र्‍याङ्को ठ्याङ्ग नमिलेको यहीँ नेर हो ।

प्रतिक्रिया दिनुहोस्