
निष्ठावान राजनीतिको पर्याय : श्रीनाथ अधिकारी
श्रीनाथ अधिकारी अब हामीबीच रहेनन् । २२ असार २०७६ मा भएको उनको असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ । अविश्रान्त योद्धाले चार दशक लामो राजनीतिक जीवनबाट सदाका लागि विश्राम लिए । तर, उनको योगदानको नेपाली राजनीतिक इतिहासले कहिल्यै बिर्सनेछैन ।वास्तवमा अधिकारी स्पातले बनेका मान्छे थिए । आँधीहुरीले ढाल्न नसक्ने सतिसाल थिए । त्यसैले, उनी पञ्चायतकालदेखि जनयुद्धको आ“धीबेहरीमा समेत सतिसाल भएर उभिइरहे । दुःखसुखका साथी बनेर जनताका घरआँगनमा आस्थाको दियो बालिरहे ।
अधिकारी १२ साउन २०१२ मा गोरखा ‘लौंसीबोट’ गाउ“मा जन्मिए । गोरखाकै नामी स्कुल अमरज्योति, लुइ“टेलबाट २०३० मा हाइस्कुलसम्म अध्यायन सके । त्यसपछि ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढे । सरल र सहृदयी स्वभावकै कारण उनी सहपाठीका बीच लोकप्रिय रहेको सहपाठी उमाकान्त देवकोटा बताउँछन् ।
इन्जिनियरिङ क्याम्पस अध्ययन थालेपछि २०३२ तिर नै माक्र्सवादी विचारतिर लहसिएका श्रीनाथ कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य र पाटनका तत्कालीन लोकप्रिय कम्युनिस्ट नेता दिलबहादुर श्रेष्ठहरूको संगतमा पुगे । उनलाई यस्तो संगतको चा“जो मिलाउने काम साहित्यकार डीआर पौडेल गरेका थिए । नेताको निरन्तर संगतले उनमा नेपाली कम्युनिस्ट आन्दोलन र यसका सैद्धान्तिक राजनीतिक अवधारणा बुझ्न सहयोग पुग्यो ।
अध्ययन सकेर जागिरका क्रममा चितवन पुगेका श्रीनाथको कम्युनिस्ट संगत घनीभूत भयो, जसका कारण उनमा माक्र्सवादी राजनीतिक चेतना ह्वात्तै बढ्यो । अनि, डीआर पौडेलकै सहयोगमा २०३४ सालमा तत्कालीन नेकपा (चौथो महाधिवेशन) सदस्य बने । त्यसपछि माक्र्सवादी विचार उनको जीवनको धरोहर बन्यो । राजनीति यात्राका अनगिन्ती अवरोध पन्छाउँदै, सत्ताको स्वेत आतंक र मृत्युका धम्की छिचोल्दै उनी निरन्तर जनताका घरआ“गनमा विद्रोहको दरौंदी भएर सुसाइरहे । मनासलु हिमालजस्तै चुलिएर उठिरहे ।
२०३६ सालको राजनीतिक आन्दोलपछि भने हुदाँखादाको जागिर छाडेर पूर्णकालीन राजनीतिक कार्यकर्ताका रूपमा गोराखामा फर्किए । त्यसताका उनको गाउ“मा कांग्रेसको बोलवाला थियो । श्रीनाथ गाउ“का एक्ला कम्युनिस्ट थिए । विपक्षीले प्रहरी प्रशासन लगाएर पटकपटक उनका घरपरिवालाई दुःख दिए । तर, राजनीतिक समरमा कुदेका श्रीनाथ एकलव्यजस्तै यात्रामा डटिरहे । जीवनपर्यन्त कम्युनिस्ट आन्दोलनको मसाल जलाइरहे । जनता र राष्ट्रमा समर्पित उनका लागि जीवनको उकालीओराली र दुःखसुखको साथी नै राजनीति बन्यो ।
निष्ठा, इमानदार र स्वाभिमान नै श्रीनाथको राजनीतिक परिचय र व्यक्तित्व थियो । त्यसैले, सत्ता र शक्तिको लालचले उनलाई कहिल्यै गाल्न सकेन । उनी सरल, नम्र र मिलनसार थिए । विचार र इरादाका नहल्लिने कोसेढुंगो थिए । आफ्नो आस्थाका लागि मर्न नडराउने उनको जब्बर स्वभावले पञ्चायती कालरात्रि र जनयुद्धको ज्वालामुखीमा समेत हिमालजस्तै शिर ठाडो पारेर उभिइरहे । जनताका पक्षमा शंखघोष गरिरहे ।
मृत्यु जीवनको सत्य हो भन्ने श्रीनाथले बुझेका थिए । तसर्थ, बाँचुन्जेल विभेद, अन्याय र अत्याचार पक्षमा आवाज उठाउनु, लड्नु र भिड्नु नै जीवनको सार्थकता हो भन्ने उनको निक्र्यौल थियो । हुन पनि उनी जीवनको अन्त्यसम्म आफूले रोजेकै बाटो हि“डे । आफंैले खनेको बाटो हि“डे र उनकै शब्दमा ‘जति बाँचे, सार्थक जीवन बाँचेर मरे ।’
श्रीनाथको सम्पूर्ण राजनीति इमान थियो । लोभलालच थिएन । उनको राजनीति नाफानोक्सानको व्यापार थिएन । कुनै पद रप्रतिष्ठा लागि लेनदेन विषय पनि थिएन । त्यसैले, राजनीति शुद्धीकरण गर्न राजनीति व्यापारीको माखे साङ्लो तोड्नुपर्छ भनेर उनी बरोबर भन्ने गर्दथे । इमानजमानका पक्का शिखर थिए उनी । श्रीनाथ कम्युनिस्ट आन्दोलनको जगैबाट माथि उठेका अगुवा नेता थिए । मक्र्सवाद, लेनिनवाद र माओवाद उनको मार्गदर्शक सिद्धान्त थियो । साँचै भन्ने हो भने उनी जनयुद्धबाट खारिएका असली कम्युनिस्ट हीरा थिए ।
इन्जिनियरिº क्याम्पसमा अध्ययन गर्न थालेपछि २०३२ तिर नै माक्र्सवादी विचारतिर लहसिएका श्रीनाथ कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्य र पाटनका तत्कालीन लोकप्रिय कम्युनिस्ट नेता दिलबहादुर श्रेष्ठहरूको संगतमा पुगे । उनलाई यस्तो संगतको चा“जो मिलाउने काम साहित्यकार डीआर पौडेलले गरेका थिए
कम्युनिस्ट अभियान विभेदविरुद्धको अभियान हो । सामाजिक, सांस्कृतिक, राजनीतिक चेतना र विकासको अगुवाइ गर्नुपर्दछ भनेर श्रीनाथ बारम्बार भन्ने गर्दथे । यसका लागि उनले जीवनका सबै ऊर्जा उपयोग पनि गरे । तर, विडम्बना, नेपालको कम्युनिस्ट आन्दोलनका अगुवा विशेष गरी माओवादी आन्दोलन पटकपटक आफैंले स्थापित गरेका मान्यता र गन्तव्यबाट भट्कि“दा भने उनको मन कटक्क खाएको थियो ।
हजारौं शहीदको रक्तकुण्डको गर्भबाट माथि उठेको माओवादी आन्दोलन विशृंखलित हँुदै गएको देखेर निश्चय नै उनी खुसी थिएनन् । तर, पनि उनले कहिल्यै हरेस खाएनन् । जनक्रान्तिको अजम्बरी गीत गाउन कहिल्यै छोडेनन् । कम्युनिस्ट आन्दोलनको उज्ज्वल सपना देखिनै रहे । प्रचारभन्दा कामको राजनीति रुचाउँथे श्रीनाथ अधिकारी ।
आफैंले प्रशिक्षित गरेका कैयन नेता–कार्यकर्ता सत्ता शिखरमा भागदौड गरिरहँदा उनी भने गाउ“घरकै भेटघाट र प्रशिक्षणमा रमाउ“थे । सँगैका साथीभाइ सहरमा घरघडेरी खोजीमा भौतारिइरहँदा उनी भने आफ्नै गाउँघरमा कुटोकोदालो खेलाइरहेका हुन्थे ।
कयौं नेपाली राजनीतिज्ञ र तिनीहरूका आफन्त सामान्य रुघाखोकी लाग्दासमेत राष्ट्रको ढुकुटी खर्चेर महँगा विदेशी अस्पतालमा जाने गरेको यथार्थ उनलाई थाहा थियो । तर, क्यान्सर र चरम आर्थिक अभाव हु“दासमेत उनले कसैसँग गुनासो गरेनन् । सहयोगका लागि हात जोडेनन् ।
‘जनताको मान्छे म जनताकै सहयोगमा बाँच्न र मर्न चाहन्छु’ भनेर उनले दुई महिनाअघिको भेटमा भनेको आज पनि स्मरणीय छ । मृत्युको नियतिसँग श्रीनाथ कहिल्यै डराएनन् ।
पञ्चायतकालीन कालरात्रिमा कयौं दिन स“गै हि“डेका थियौं । उनको सामीप्य सधैं प्रिय थियो । एक हिसाबले उनी व्यावहारिक यथार्थवादी नेता थिए । पञ्चायती र गुप्तचरको आँखा छल्दै गोरखा भच्याकको उकालो चड्दा विख्यात क्रान्तिकारी चेग्वाराको नाम पहिलोपटक उनकै मुखबाट सुनेको थिए“ । ‘विचारले मान्छेको चरित्र व्यवहार बन्छ’ भनेर उनले भनेको आज पनि झलझली सम्झिरहेको छु ।
उनी भविष्यप्रति आश्वस्त थिए । माओवादप्रति इमानदार थिए । त्यसैले, उनी नयाँ पुस्तामाथि गर्व गर्दथे । यथार्थमा थकाइ निराशाबाट मुक्त उनी अविश्रान्त यात्री थिए । स्वाभिमान र आस्थाका अजंग पहाड थिए । अजम्बरी सपनाका नायक थिए । त्यसैले, उनी सम्पूर्ण श्रमजीवी जनताको धरोहर हुन् ।
एउटा अविश्रान्त योद्धाको शरीर सदाका लागि ढलेको छ । असामयिक निधनले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पु¥याएको छ । तर, उनको अजम्बरी सपना मरेको छैन । सुख, सुविधा, भोगविलासको लालसाभन्दा माथि उठेको उनको चेतना र जीवनशैली अनि जनता र राष्ट्रप्रति समर्पित जीवन सदा स्मरणीय र पथ प्रदर्शन गरिरहनेछ ।
साभार : राजधानी




