
अतितले वर्तमानलाई गिज्याई रहेको छ
रमेश रमण खनाल
आदरणीय पाठकहरु लामो समयदेखि बन्द रहेको यो पंत्तिकारको कलम मुलुकमा उकुसमुकुस अवस्थामा बिछिप्त र डामाडोल रहेको राजनितिक शासन व्यवस्था प्रति उकुसमुकुस भई विगत र वर्तमानलाई शष्लेषण गरि केहि विषय कस्तुहरु यहाँहरुको सामु राख्ने जमर्को गरेको छु । आशा छ यसलाई गहिरो अध्यान गरेर सुझाव सल्लाह र परामर्श दिनु हुनेछ । दुधको दुध र पानीको पानी पहिचान गरि सत्य र यर्थथ धरातलमा रहेर यहाँहरुको विचर आउने छ भन्ने अपेक्षा गरेको छु ।
हिजो जति बेला मुलुकमा पञ्चायती शासन व्यव्स्था थियो । पञ्चायत सँगै पञ्चायती व्यवस्थाको एउटा नारा थियो सबै पञ्च नेपाली सबै नेपाली पञ्च । यनिकी त्यसले के झल्को दिन्थ्यो भने नेपालमा एक दलिय शासन व्यवस्था छ । त्यो भनेको पञ्चायत मात्रै हो भन्ने आभाश तमाम जनसमुदाय र विश्व जगतलाई दिई रहेको थियो । भूमिगत शैलिमा २००६ साल देखि उदयमान भएका विभिन्न कोणबाट आफ्ना राजनितिक गतिविधि गरिरहेका शक्तिहरु नेपाली कंग्रेस, नेपाल क्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अराष्ट्रिय तत्व घोषण गरि राजनितिक वाक स्वातन्त्रता माथी बन्देज गरिएको थियो ।
कति नेता तथा कार्यकर्ता भरातमा प्रवासी जिवन बिताउथे, कति नेपालका जेलहरुमा बन्दि जिवन बिताउथे, कतिले भने त्यही पञ्चायती संविधानको दायरा भित्र छिरेर पञ्चायतमा प्रवेश गरि पञ्चायती व्यवस्थाको नै भण्डाफेर गर्थे । तर, त्यसका बावजुद पनि र्आिर्थक रुपमा भने मुलुकले तिब्र गतिमा फड्को मरिरहेको तथ्यहरु इतिहासले पुष्टि गरेको छ । त्यसै समयमा नेपाल राष्ट्र बैंकको स्थापना, राष्ट्रिय योजना आयोगको गठन, स्वातन्त्र न्याय पालिका, भूमि सुधार आयोगको गठन, जातिय छुवाछुत विरुद्धसहितको नेपाली मुलुकी ऐनको स्थापना त्यसका उदाहरणीय कार्यहरु हुन् ।
कुषि औजारहरुको उत्पादन, वितरण, सुधार त्रिभुवन विश्व विद्यालयको आधुनिकिकरण दक्ष र उच्च शिक्षा हासिलका लागी स्वदेशमै अवसर प्रप्ती देशका विभिन्न भागमा विभिन्न तहका विद्यालयहरुको स्थापना सिमा सुरक्षमा अधिक चलाखी र निगरानी जसको स्वरुप नेपाल तिब्बत सिमानाको १७ वटा नाकाहरुमा भारतले खडा गरेको सुरक्षा पोष्टहरु हटाएर त्यहाँ नेपाली सेनाहरुको तैनाथी ढल्केबर, पथलैया सडक खण्ड, हेटौंडा नारायण गढ पृथ्वी राजमार्ग, कोदारी राजमार्ग, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ जस्ता अभूत पूर्व विकासका कामहरुको साथै हरिसिद्धि इट्टा टायल कारखाना, विरगन्ज चिनि कारखाना, बाँसबारी छाला जुता कारखाना, हेटौंडा सिमेन्ट कारखाना, झापाको चिया बगान, नेपाल वायु सेवा निगमको स्थापना आदी थुप्रै थुप्रै महत्तवपूर्ण विकास निमार्णको काम भएको जनताले रोजगारी प्राप्त गरेको तथ्यहरु इतिहासले पुष्टि गरेको छ ।
त्यती बेला संकट ग्रस्थ छिमेकी मुलुकहरुलाई नेपालले नेपालमा उत्पादित कृषि उपज, जडिबुटी, आर्थिक सहयोग समेत गरेको तथ्य पनि इतिहासले पुष्टि गर्दछ । त्यस समय नेपालको गैरव, शान र पहिचानले ठुलै उचाई प्राप्त गरेको देखिन्छ । क्षमता र औकात अनुकुल रोजगारीका अवसरहरु स्वादेशमै प्राप्ती भएको पनि देखिन्छ । वैदेशिक रोजगारीका नाममा छिटफुट रुपमा भारतमा नोकरी गर्न जाने बाहेक अन्य मुलुकहरुमा रोजगारीका लागी नेपालीहरु भौतारिएको देखिदैन । जनताको दैनिक दिनचर्य असहज र संकटले बितेको पनि देखिदैन ।
मात्रै फरक के देखिन्छ भने दलिय व्यवस्था माथीको प्रतिबन्दका कारण भिन्न मत र विचारले स्थान प्राप्त गर्न नसक्दा त्यसको प्रतिनिधित्व गर्ने शक्तिहरुले त्यसैको आडमा विभिन्न रुप र आवरणमा आन्दोलन गर्न थाले । ठुला ठुला आश्वसन र प्रलोभनका पोकाहरु फ्रयकिन थालियो । त्यही बहाकाबमा व्यव्स्था धर्मराउन थाल्यो ।
त्यती बेला गरिएका यी शृंखलाबद्ध बिकास निर्माणका कार्यहरु स्थापित उद्योग धन्दा र कलकारखाहरु कुनै वैदेशिक श्रृण कर्जा र नेपालको आफ्नै लगानीमा भएको पनि थिएन । कुनै विदेशी शासकहरु सँग लम्पसार परेर जिहजुरी गरेर प्राप्ति भएको पनि थिएन । यो तथ्यलाई इतिहासले पुष्टि गरेको छ । केबल छिमेकीहरुको नेपाल राष्ट्र प्रतिको उदार निति अथाह प्रकृतिक स्रोत र सम्पदाले भरिएको कमलको फुलको थुँगा जस्तो मुलुक भएकै कारण बिकासले फड्को मर्दाको अवस्था सुन्दर र शोभायमान हुने यर्थाथलाई बुझर नै तमाम वैदेशिक दातृ संस्थाहरुको अनुदानमा उपलब्ध भएको सहयोगबाट नै ति कार्यहरु सम्पन्न भएको देखिन्छ ।
राष्ट्रिय शान, गौरव र इतिहासलाई कहि कतै बन्दक नराखि यी सारा उद्योग धन्दा कलकारखाना अनुदान सहयोगमा भित्र्याउन सक्ने ती बहादुर शाह वंशिय राजाहरु र मुलत स्व.महेन्द्रको हिम्मत र शाहासलाई उच्च समान दिनै पर्दछ । २०३६ साल पूर्वकै आवस्थामा दलिय व्यवस्थाको अनुभूत गरेर दल माथीको प्रतिबन्द हटाएको तथ्यलाई वपनि भुलियो भनि इतिहास माथी घोर अन्याय हुनेछ । जब दल माथीको प्रतिबन्द हट्यो मुलुकमा सदन दु गुना रात चौ गुना भ्रष्टचार व्यपत हुन थाल्यो ।
नेपाललार्य आफ्नो स्वार्थ पूर्तिका लागी कृणास्थल बनाउन चाहाने विदेशी शक्तिहरुले कहिले कुन शक्ति च्याप्ने, कहिले कसलाई उक्साउने, कहिले कसलाई पछार्ने यस्तै किसिमका निर्घिण कार्य गरेर पार्टी पार्टीका बीचमा वैमनुष्यता दुशमनि जनता जनता बीच दुशमनि बढाउदै लगेपछि अन्तत राष्ट्रिय अस्मितामा लै खतराको बादल मडारिन थालि सके पछि २०१७ सालमा पुन दल माथीको प्रतिबन्द लागु गरेको देखिन्छ । त्यस वेला राजा महेन्द्रले गरेको प्रतिबन्धको शाहि घोषणामा व्यक्त विचारहरु तथ्यहरु भोगेर नै आएका रहेछन् भन्ने कुरा अहिलेको दुनियाँले भोगिरहेको मैजुदा अवस्थाले प्रष्ट झल्को दिई रहेका छ ।
पठकहरु यसको अर्थ हिजोको समग्र शासन प्रणालीमा कहिँ कतै तृटी कमिकमजोरी नै थिएनन् भन्ने होइन । हिजो पनि व्यव्स्थाका आडमा जनप्रतिनिधिका नाममा एकाध स्वार्थ सिद्धमा निर्लप्त जन विरेधीहरुका ठगी धन्दा नभएको होइन तर, छिटफुट घटनालाई जोडेर समग्रतामा हेरियो भने इतिहास माथी अन्याय हुनेछ । एकाध व्यक्ति विशेष बाहेक हिजोका प्रधानमन्त्रीदेखि पञ्चायतका प्रधान पञ्च र वडा सदस्य सम्मका जनप्रतिनिधिहरुले आफ्नो पुर्खोली सम्पती बेचेर समाज सेवा गरेको इष्ट मित्र पर पाहुना पालेको तथ्यलाई के भुल्नु हुन्छ र ? अब विवेचना गरौं कहाँ गायब भए हिजोका ती अथाह विकास निर्माणका संञ्चनाहरु ? कहाँ गए ती रोजगारीका अवसरहरु ? निजिकरणका नाममा उद्योग धन्दा कलकारखाना बेचिएर स्वहा भएका छन् ।
रोजगारीका नाममा दैनिक दशै हजार युवा विदेश पलायन भएका छन् । भुटानी शरणर्थीका नाममा उच्च राजनितिक दलकै नेतृत्वको संरक्षणमा शासकहरु नै नेपाली जनतालाई बेच्न उद्त छन् । सिन्का र सुतरीमा समेत परनिर्भर हुन परेको छ । शृंखलाबद्ध भ्र्रष्टचारमा शासकहरु र उच्च तहका नेतृत्वहरु नै संलग्न भएका छन् । राज्य सत्ता पुरै विचौलियाको कब्जामा छ । मुलुकलाई सहि दिशा दिने हरेक पाटा पक्षलाई सहि मार्गमा हिडाउने राजनिति आज तस्कर, ठेकेदार, मुन्द्रे, हत्यरा, बल्तकारी, भ्रष्ट र बैमान कर्मचारीको पहुँचमा छ ।
तस्करी ग¥यो, हत्य ग¥यो, अपराध ग¥यो, भ्रष्टाचार ग¥यो, वयश्क र उमेर हुदाँ सम्म सबै किसिमका अपराध र कुकर्मले व्यप्त बनि सके पछाडि आरक्षणको खोजी गर्दै कुनै न कुनै दल वा पार्टीमा समाहित बन्यो र त्यहीँ भाडभैलो उखरमाउलो मच्चाएर सारा संयन्त्र कब्जा गरी मुलुक र दुनियाँ तहस नहस गर्ने के यही हो गणतन्त्र, के यही हो लोकतन्त्र आय आर्जन शून्य छ । राष्ट्रपतिदेखि वडा सदस्यसम्म तलब भत्ता सेवा सुविधा लिएर कतित प्रतिनिधिव्तको हवाल दिन्छन् । त्यसको परिपूरणको माध्यम भनेको वैदेशिक त्रृण, रेमिट्यान्स जनताको ढाँड सेकेर जबरजस्त असुल गरिएको कर ।
त्यसैले नेपाली जनताले तिनको भरण पोषण गर्नु परेको छ । के यहीँ हो लोकतन्त्रको मर्म ? किसान, मजदुर, महिलाविपन्न वर्गका नाउँमा आउने विभिन्न शिर्षकका अनुदानहरु पहुँचवाला झोले र चम्चेहरुले कब्जा गरेका छन् । ती कुनै पनि शिर्षकका सहयोगहरु लक्ष्ति वर्गमा पुग्नै सकेको छैन । के यसैगरी यो मुलुक चल्न सक्छ ? जनताले अपेक्ष गरेको समृद्धि, शुसासन र विकासको चहाना, रोजगारी, न्याय, स्वास्थ्य, शिक्षाको चहाना पूरा हुन सक्छ ? किमार्थ सक्दैन ।
केबल जनतालाई भ्रम छर्ने र आफ्नो शासन सत्ताको आयु लम्ब्याउन नेताहरुले गर्ने शुसासन, समृद्धि, वकवास मात्र हुन् । तसर्थ संघियताको खाजेरी अभिभावकिय राज संस्था, न्यायमा घुन, पुत्ला लाग्न नदिने उदार तर अन्यायका विरुद्ध कु्रर र कठोर शासन प्रणाली र शासक नै नेपालको आजको आवश्कता हो । लेखक राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति गोरखाका सचिव हुनहुन्छ ।




