
क्रान्तिकारी कम्युनिष्ट पार्टीले चुनाव बहिस्कार गर्ने
आउँदो फागुन २१ गते हुने भनिएको चुनाब क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बहिस्कार गर्ने भएको छ । सो पार्टीको गत मंगल र बुधबार पार्टीका महासचिव सिपी गजुरेलको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले गत भदौ २३ गते भएको जेनजी बिद्रोह र ओली नेतृत्वको सरकारको बर्खास्तीपछि भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको इशारामा सुशीला कार्की नेतृत्वको सरकार गठन भएको निश्कर्ष निकालेको छ । संसदीय निर्वाचन क्रान्तिकारीहरुका लागि कार्यनीतिको सवाल मात्र भएको भन्दै सो पार्टीले कार्यनीतिले रणनीतिको परिपुरकको काम गर्ने बैठकपछि जारी प्रेस वक्तव्यमा भनिएको छ ।
‘पार्टीले देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी, जनवादी तथा बामपन्थी शक्तिका बीच राष्ट्रिय राजनीतिक सम्मेलन गरेर संयुक्त मोर्चा निर्माण गरी आन्दोलन उठाउने, आन्दोलनको बलमा स्वाधीन संयुक्त सरकार गठन गर्ने, उक्त सरकारमार्फत वर्तमान प्रतिक्रियावादी संविधान खारेज गर्ने र जनसंविधान निर्माण गरी क्रान्तिलाई अगाडि बढाउने कार्यनीतिक श्रृङ्खला निर्धारण गरेको छ’, महासचिव गौरवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो स्थितिमा आगामि संसदीय निर्वाचन बहिस्कार नै सही नीति हुन्छ ।
अतः केन्द्रीय समितिको बैठकले निर्वाचन बहिस्कार गर्ने नीति पारित गरी पार्टीको सांगठनिक क्षमताको सापेक्षतामा सत्ता र व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचन बहिस्कार कार्यक्रम अघि बढाएर क्रान्तिकारी आन्दोलनमा जोड दिने निर्णय गरेको छ ।’




