
कट्टेलको अध्यक्षतामा वितरक संघको तदर्थ समिति गठन
वितरक संघ गोरखाको तदर्थ समिति गठन भएको छ । बिहीवार भएको जिल्लाका व्यवसायिहरुको भेलाले डण्डपाणी कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा बिशाल राना मगर र कोषाध्यक्ष काजिराम श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दिपककुमार श्रेष्ठ (अनु), श्यामबाबु जोशी, कृष्णमान श्रेष्ठ, गोकर्ण बहादुर राना मगर, शिवध्वज खत्री, सुवासबाबु श्रेष्ठ र कमल नारायण श्रेष्ठ रहेका छन् ।
भेलामा नेपाल वितरक महासंघका महासचिव शिव खनाल, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।




