| मङ्लबार, साउन ११, २०८३

तिजको रहर आयो बरिलै

यदु अधिकारी

उत्तर भारत वर्ष र नेपालमा पौराणिक कालदेखिनै तिज पर्वको सुरुवात भएको मानिन्छ । महिलाहरुले आफ्नो रुवास्थ्य राम्रो होस् र आफ्नो श्रीमानको दीर्घायु होस भनेर शुभकामना गर्दै भाद्र कृष्ण तृतीयाको दिनमा हिन्दु नारीहरुले (नेपाली नारी) ब्रत बस्ने गर्दछन् । यो पर्व विशुध्द नारीहरुको पर्व हो । नारीहरुका दुईवटा मौलिक चाड र पर्वहरु छन् । त्यो मध्य तिज एक हो भने अर्को रत्यौली हो । रत्यौली नारीहरुले अश्लील शब्द प्रयोग गर्ने, गीत गाउने, विवाहको उत्सवमा राती रमाइलो गर्ने पर्व हो । पहिले पहिले पुरुषहरुलाई यो पर्वमा निषेध थियो । हाल पुरुषले पनि रत्यौली गीत गाएको सुन्निछ् । यहाँ प्रसंग तिजको छ ।
पौराणिक कथन अनुसार पार्वतीले महादेवलाई पति पाउँ भनेर ब्रत गरेकी थिइन् । बाबु हिमालयले भने बिष्णु सित विवाह गरिदिन चाहेका थिए । पार्वतीले सो कुरालाई बिरोध गरी शिवजीलाई पति बनाउन पाउँ भनी १०७ जन्मसम्म घोर तपस्या गरेकी थिइन् । १०८ औँ जन्ममा भने उनको तपस्या पुरा भएको थियो भनेर पौराणिक ग्रन्थहरुमा लेखिएको छ । भगवान शिवजीको बालुवाको शिव लिङ्ग बनाई वर मागेपछि शिवजी आफै उत्पन्न भई तिमीले चिताएको पुगोस् भनी वर दिएको थियो भन्ने धार्मिक मान्यता छ । साथीहरुले पार्वतीलाई हरण गरेर लगेको हुनालेनै हरितालिका भनिएको हो । अविवहित नारीहरुले पनि सुयोग्य वर पाउँ भनी भगवानको प्राथाना गरी ब्रत बस्ने गर्दछन् ।
नेपाली समाजमा महिलाहरुले मनाउने प्रसिद्ध चाडपर्व मध्ये तिज पनि एक हो । भदौ महिनामा पर्ने भाद्र शुक्ल द्धितीयाको राती दर खान्छन् । भोलिपल्ट तृतीयाको दिनमा ब्रत बसी दिनभरि विद्यालय, पाटी, चौतारो र गाउँको बीचमा जम्मा भई धार्मिक, सामाजिक, सांस्कृतिक, घटना प्रधान चेतनामूलक र हाल राजनैतिक सम्बन्धित गीत गाउँछन् । चतुर्थीको दिनमा खाल्सा भए भात खान्छन् । नत्र ब्रत बस्छन् । पञ्चमीको दिनमा विहान खोला, पोखरी, धारा, कुवा आदि ठाउँमा गएर ३६५ वटा दतिवन टोक्नछन् । त्यसपछि पिना, तुलसीको माटो, गाईको गोबर, अमलाको फेदको माटो सुनको झाँरीमा हाली शरीरलाई नुहाई पवित्र बनाउँछन् । दिउँसो सप्तऋषि कश्यप, अत्रि, भारद्धाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुणधतीको पूजा गरी गीत गाउँछन् । नारीहरुले हलोले नजोतेको अन्नको भात र एक सुरे भएर उम्रिएको कर्कलाको तिउन खान्छन् । एक दलीय अन्न खान्छन् । श्रीमानले पकाएको खाना खाएमा आत्मिएता बढ्छ भन्ने लोक मान्यता छ । पञ्चमीको दिन विधिवत रुपमा तिजलाई बेलुका समाप्त गर्दछन् । यो पर्वमा भगवानको नजिक पस्नु, बिकृति र बिसङ्गतीका बिरुद्धमा टाढा बस्नु भन्ने बुझिन्छ् । शरिर। मन र वचनले शुद्ध भई कलस र गणेश स्थापना गरी दियो बाली भगवानको पुजा गरेमा मनोकाङ्क्षा पुरा हुन्छ भन्ने मान्यता छ । नारीहरुले रातो शक्ति, हरियो शान्ति, आनन्द। रातो टिका शौभाग्यको प्रतिक मानेर लगाउँछन् । माइतीले छोरी चेलीलाई घरमा ल्याउने र मिठा मिठा खानेकुरा दर खुवाउने चलन छ । दर रातीको १२ बजेपछि मात्र खाने लोक मान्यता छ । यो पर्व गीत, सङगितसित मात्र होइन संस्कार र भक्ति भावनासँग पनि सम्बन्धीत छ । भारत वर्षमा तिजलाई करवा चौथ पर्व भन्दछन् । प्रेममा सम्झना होस्, माइतमा जानुको उदेश्य पार्वतीजीले जस्तै एक्लो अनुभव गरुन भन्ने हो । बन्धुत्व प्रेम, साथीको सम्बन्ध, भक्ती भाव र श्रीमानको लागी त्यागको भावना छ भन्ने बुझनु पर्दछ । समाज अनुसार खानपिन र गीत र सङगित भने फरक छ । यो उपवासको पर्व पनि हो । यस पर्वमा शिव पार्वती, पौराणिक, धार्मिक कुरा, माइतीका कुरा, सासू ससुराका कुरा, नन्द अमाजूका कुरालाई समेटेर मार्मिक रुपले गीत गाउने चलन थियो । मार्मिक घटनालाई समेत गीतको माध्यमद्धारा गाउने दिदीबहिनीहरुले मनोहारिक किसिमबाट प्रस्तुत गर्छन् । हाल आएर राजनीति र विकृति र बिसङ्गतीको बिरुद्धपनि गीत गाउन र नाच्न थालेका छन् ।
जस्तै, पढ्न देउ हे बुबा मलाई, शिक्षा बन्चित नगर कसैलाई । माइतमा पनि ती भाउजू बुहारी घरमै आका होलान्, पधेरी जाँदा ती भाउजू बुहारीले मेरै कुरा गर्द हुन् । पधेरी जाँदा फुल पाती नल्याए, ल्याइदिए छैनन् केही…..यो घरको घिउ दुध त्यत्तिकै हो बाबा…. । दश घडी रात छँदा उठर घरमा, पधेरो जाँदी भयाँ….त्यतिखेर पनि पानी नपाउँदा फर्केर घर आयाँ । रहिछन् मेरो गनगने सासू, म दुखीको गहमा छ आँसु…..भाईलाई भने स्कुलमा पठाउने, मलाई चाँही स्कुल छुटाउने । छोरा छोरी बाउआमाका एकै हौँ सन्तान, बाउआमाले छोरीलाई आर्कै चाँहि नठान ।

तिजमा गाउने गीतहरु निम्न प्रकारका हुन्छन् ः

सती गएको
 आज मैले घाँस काटी बारी छेउको चिलाउना
सुन्नु होला सती गाको बिलौना ।

ज्ञ. सातै वर्षको बसुन्धरा चेली २
सत्तरी वर्षको बूढा बरिलै ३
द्द. सातै वर्षको बसुन्धरा चेली पुतली खेलाइ रहन्थिन् बरिलै २
हातको पुतली आँटामा राखी फाँटमा बाख्रा लगिन् बरिलै ३
घ. फाँटमा बाख्रा लगिन् बसुन्धराले छकली वेला भयो बरिलै २
छकली बेला भएको थियो, उनको बाबा पुगे बरिलै ३
द्ध. कहिल्यै नआउने हाम्रो बाबा, आज किन आउनुभयो बरिलै २
हिन–हिन बसुन्धरा चेली, चेपे घाँट नुहाउन जाम भने बरिलै ३
छ. चेपेघाँट नुहाउन जाऔं भने बाबा, खई मेरो सङ्गी साथी भने बरिलै २
तिम्रो सङ्गी साथी माथिल्लो बाटो गाका छन्, हामी तल्लो बाटो जाऔंं भने बरिलै ३
ट. अघि अघि लागिन् वसुन्धरा चेली, पछि पछि बाबा गए बरिलै २
चेपेघाटको छेउमा पुगिन् वसुन्धरा, स्वामीको लास देखिन् बरिलै ३
ठ. आँटाको पुतली थन्काइ आउन पाए भए, आफै मन बुझाएर आउथे बरिलै २
फाँटको बाख्रा घरलान पाए भए, आफैं मन बुझाएर आउथे बरिलै ३
ड. छोरीका बिलौना सुन्न नसक्दाल,े बाबाले एउटा अक्किल झिके बरिलै २
सधै त लोक हो राती तारा लाग्थ्यो, आज तारा दिउँसै भने बरिलै ३
ढ. सबै लोकहरुले आकाश तिर हेरे, बाबाले फाल हान बरिलै २
नवै तलाको सलाउ बनाइ, बसुन्धारालाई सलाउमा राखे बरिलै ३
ज्ञण्. वसुन्धरा चेलीलाई सलाउमा राख्दा, लोकले कोकलो छोडे बरिलै २
शीर लाउनी शीरफूल जुवालाले खाला, झिकी लैजाऊ दाजै भाउजू लाउछिन् । ३
ज्ञज्ञ. बहिनीको जिउ गयो, शीरफूलको के को आश २
हरि बोल बैनी बैकुण्ठको बास ३
तिजको गीत
ज्ञ. वर्ष दिनको तिजलाई आए बाबा लिनलाई झिक्देउ बज्यै शीरफूल जान्छु माइत ।
द्द. शीरफूल पनि झिक्दिन, बिदा पनि दिन्न, कसो गरी जान्छेउ बहु जाऊ माइत ।
घ. शीरफूल नि लाउदिन, बिदा पनि माग दिन, नगई छोड्दिन माइतीको देश ।
द्ध. बाबा बस्छन् पिँढीमा, आउँछ मन धरर्केर, सासू बस्छन् दलानामा कन्यो फर्केर ।
छ. पर्ख, पर्ख दिदी बहिनीसगैँ जाउला पधेँरा, हाम्रा बाबा लिन आए स्वामी अँध्यारा ।
ट. सुन कल्छे झारीमा पानी सारी दिएथे, स्वामीले पानी खाएनन् होइ ।
ठ. झारी समाई पानी खाऊ न स्वामी राजै, हामी चेली माइत जाव नै होइ ।
ड. रहिदेन पानी फाँटी देन बादलु, हामी चेली हेछौ माइतीको देश ।
ढ. माइतीको देशमा अन्नधुन्न बादलु, नहेर पापिनीले माइतीको देश ।

तिजको पञ्चमी पूजा
ज्ञ. फुको केश जम्ले हात आज हाम्रो बरितै है । ३
द्द. ल्याउन बाबा ल्याउनु बाबा बरितैकै दियो है । ३
घ. बरितैको दियो सातै भाइको साझा नै है । ३
द्ध. सातै भाइलाई रिजाई भिजाई लैजाऊ चेली दियो नै है । ३
छ. ल्याउनु दाजै, ल्याउनु दाजै बरितैको दियो नै हो । ३
ट. लैजाऊ चेली, लैजाऊ चेली सुवर्णको दियो नै है । ३
ठ. सुवर्णको दियो दाजै हाम्रै घरमा थियो नै है । ३
ड. ल्याउन एय ल्याउन भए बरितैको दियो नै है । ३
ढ. लैजाऊ दिदी, लैजाऊ दिदी बरितैको दियो नै हो । ३
ज्ञण्. बाँस झै लुगे भए, काँस झै फूले नै हो । ३
ज्ञज्ञ. वर झै तपै भए, दुवो झै मौलाए है । ३
पञ्चमी पूजा लगाउ“दाको
ज्ञ. कुन्तुरको शीरफूल झिक्देऊ आमा, लाउँछु, लहरे बेनीघाट नुहाइ आउँछु । २
द्द. बेनीघाट नुहाएर के होला चेलीलाई पापै हरण होला भनेर । २
घ. कुन बेला जाउँली, कुन बेला आउँली, कुन बेला गरौली ऋषिको ध्यान । २
द्ध. उदय जाम्ला, अस्ताए आम्ला, मध्यनीमा गरम्ला ऋषिको ध्यान ।
(कुराकानी ः लाली देवी दवाडी, गोमा दवाडी अर्याल, लीलावती अधिकारी, सरुना पोखरेल)

नेपाली समाजमा धेरै जातजाति र भाषा भाषीहरुले बसोबास गरेका छन् । ती मध्य हिन्दु र बुद्ध धर्म मान्नेहरुका धेरै चाडपर्वहरु छन् । तिजले नेपाली समाजको संस्कृति र भाइचाराको सम्बन्धलाई समेटेको छ । माइती र चेलीको सम्बन्धलाई सुमधुर बनाएको छ । हाल नेपाली समाजको नारीहरुले तिज पर्वको नाममा तडकभडक गरी एक महिना अगाडिदेखि महङगा रेष्टुरेन्ट र होटलमा तिज मनाएको देख्दा पक्कै पनि नयाँ पुस्तालाई राम्रो सन्देश जाँदैन । त्यस्ता बिकृतिहरुलाई हटाई स्वच्छ र पवित्र मनले एक महिना होइन, तीन महिनासम्म पनि तिज मनाए कुनै फरक पर्दैन । तर तिजको दरको महत्व भाद्र कृष्ण द्धितीयाको दिनमा मात्र उच्च मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्