| बिहिबार, मंसिर ३, २०८३

द ओसन क्लव दलभञ्ज्याङको बाह्रौँ साधारण सभा सम्पन्न

गोरखामा फुटबलको माहोललाई गतिशील बनाइरहेको द ओसन क्लबले बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित क्लवले गत आइतबार वार्षिक साधारण सभा सम्पन्न गरेको क्लवले जनाएको छ ।
क्लवका अध्यक्ष अमित खत्रीको अध्यक्षता तथा गोरखा क्याम्पसका सहायक क्याम्पस प्रमुख बासु खत्रीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सो समारोहमा विशेष अतिथि रामहरी खत्री, नारायण खत्री, अच्यूत खत्री, मदन केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधार सभामा उपस्थित अतिथि हरुलाई द ओसन क्लबका विनिता खत्रीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
सो सभामा क्लवका अध्यक्ष अमित खत्रीले आर्थिक बर्ष २०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने सचिव सविन केसीले गत आर्थिक बर्ष क्लवले सञ्चालन गरेका कार्यक्रमहरुको प्रतिवेदन र कोषाध्यक्ष प्रकास देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्