| बिहिबार, मंसिर ३, २०८३

यो वर्ष बाढीमा परेर गोरखाका ६७ जना सम्पर्कविहीन, भोटेकोशीमा ६१, बूढीगण्डकीमा ६ जना

यो वर्षको मनसुनमा बाढीजन्य विपत्तीमा परेर जिल्लाका ६७ जना सम्पर्कविहीन बनेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी त्रिशुलीमा आएको बाढीमा परेर मात्र जिल्लाका ६१ जना सम्पर्कविहीन बनेका जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
भोटेकोशी बाढीमा परेर जिल्लाको पालुङटार नगरपालिकाबाट बेपत्ता भएका ३६ जनामध्य २६ जनाको अवस्था अज्ञात छ । अन्यको भने शव फेला परिसकेको नगरपालिकाकाले जनाएको छ । यस्तै, आरुघाट गाउँपालिकाबाट तीनजना, सिरानचोक गाउँपालिकाबाट तीनजना र उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको चारजना भोटेकोशी बाढीमा बेपत्ता छन् ।
अजिरकोट गाउँपालिकाको चारजना, भिमसेनथापा गाउँपालिकाको तीनजना र शहिदलखन गाउँपालिका को सातजनाको अवस्था पनि अज्ञात रहेको पालिकाको भनाई छ ।
धार्चे गाउँपालिकाबाट चारजना, गोरखा नगरपालिकाबाट दुईजना र बारपाकसुलिकोट गाउँपालिकाका आठजना र गण्डकी गाउँपालिकाका दुईजना भोटेकोशी बाढीमा परेर बेपत्ता रहेको उल्लेख छ ।
यस्तै, गत असोज २५ गते उत्तरी गोरखाको उङ्गिलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढीमा परेर थप ६ जना बेपत्ता बनेको प्रशासन कार्यालयले जनाएको छ । बूढीगण्डकी बाढीमा परेर बाढी उद्धगम स्थल उङ्गिलुङ खोला क्षेत्रबाट चुमनुब्री ६ चुम्चेतका पाँचजना र चुमनुब्री गाउँपालिका(३ एक्लेभट्टीबाट धार्चे ४ लाप्राकका एकजना बेपत्ता बनेका कार्यालयको अभिलेखमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्