| सोमवार, साउन ३, २०८३

लियो छैठौं खुल्ला दौड प्रतियोगितामा कमल प्रथम

संविधान दिवसका अवसरमा लियो क्लव अफ गोरखाले आयोजना गरेको खुल्ला दौड प्रतियोगितामा कमल नेपाली प्रथम भएका छन् । गोनपा ९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दुरीमा आयोजना गरेको दौड १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपाली प्रथम भएका हुन् ।

उनी नेपाली सेनाका हुन् ।

त्यस्तै सोही दुरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भएका छन् । सनम गुरुङले सोही दुरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय भएका छन् भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

क्लवले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीनहजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई एकहजार रुपैयाँ पुरस्कार प्रदान गरेको क्लवका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

विजेता धावकहरुलाई गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, गोरखा उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका लियो क्लव अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट ३२५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लव अफ गोरखाका अध्यक्ष अयोध्या जोशी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्