
सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा मनोज प्रथम
सुस्त गतिमा बाइक चलाउने (सोलो राइडिङ) प्रतियोगितामा मनोज रम्तेल प्रथम बनेका छन् । जारी जेसिज सप्ताहको अन्तिम दिन शनिबार भएको सुस्त गतिमा बाइक चलाउने प्रतियोगितामा सुदिप श्रेष्ठ दोस्रो बनेको अध्यक्ष सुमन गुरुङले बताए ।
‘तिब्र गति जीवनको क्षति’ भन्ने नाराका साथ बसपार्कमा प्रतियोगितामा भएको थियो । प्रतियोगितामा प्रथम हुनेलाई फुल हेलमेट, दोस्रोले हाफ हेलमेट र तृतिय हुनेले बाइक कभरसहित प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिन ।
कुल १५ मिटर दुरीको प्रतियोगितामा २१ जनाको सहभागिता रहेको थियो । जेसिज गोरखाका अध्यक्ष सुमन गुरुङको अध्यक्षता तथा गोरखाका प्रहरी प्रमुख एसपी भरत बहादुर वि.कको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।




