| सोमवार, अशोज ११, २०८३

राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक पनि कास्कीको हातमा

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि तेस्रो पटक पनि कास्कीले नै जितेको छ । गत सोमबार र मंगलबार गोरखामा आयोजना भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि यसपटक पनि कास्कीले नै जितेको हो ।
मंगलबार सम्पन्न प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कास्य पदक जित्दै कास्की विजेता बनेको हो । विजेता कास्कीले शिल्ड र कप पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर म्याग्दी दोस्रो, १० स्वर्ण, १० रजत र १० कास्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कास्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।
यस्तै ४ स्वर्ण, ६ रजत र १० कास्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कास्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेर स्याङ्जा आठौं, १ स्वर्ण, ३ रजत र ७ कास्य जितेर पर्वत नवौं बनेको छ ।

यसबर्षको राष्ट्रपति रनिङ शिल्डका खेलकुद प्रतियोगिताहरु गोरखामा आयोजना भएका हुन् । भलिबल र कबड्डी (महिला÷पुरुष) गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा, तेक्वान्दो र कराँते खेल कभर्ड हलमा सम्पन्न भएका थिए ।
त्यस्तै एथलेटिक्स र उसु खेल गोरखा नगरपालिका–१० छेपेटारस्थित खेलमैदानमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्