
जगतका बूढीगण्डकी बाढी पीडितलाई एडफन स्पेनद्वारा राहत सामग्री हस्तान्तरण
बूढीगण्डकी बाडीबाट बिस्थापित चुमनुब्री गाउँपालिका ३ जगतका ३० घरधुरीलाई एडफन स्पेन नामक संस्थाले सामाग्री सहयोग गरेको छ । सोमबार संस्थाकी आल्मा मिलानसहितको टोलीले जगतका ३० बाढीपीडित घरधुरी र सिर्दिबासको एक आगोलागी पीडितलाई सहयोग गरेको स्थानीय गणेश कार्कीले बताए ।
एडफन स्पेनले बाढी पीडितहरुलाई खाद्यन्न र लत्ताकपडा सहयोग गरेको कार्कीले जानकारी दिए । ‘चाकल, चिउरा, चिनी लगायत खाद्यन्न, सिरक डसना, बालबालिकाहरुलाई स्कुल डूेस, ज्याकेट लगायत सामाग्री सहयोग गरेको छ’, उनले भने ।
बाढीका कारण बिस्थापित बनेका जगतका ३० घरघुरी हाल आफन्ती र छरछिमेककीकोमा बसेका छन् ।




