| बुधबार, मंसिर २, २०८३

मानव अधिकार तथा शान्ति समाज गोरखामा नयाँ नेतृत्व

मानव अधिकार तथा शान्ति समाज गोरखाले नयाँ नेतृत्व पाएको छ । समाजको सोमबार सम्पन्न २६ औँ साधारण सभा तथा १४ औँ अधिवेशनले नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले जनुका अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा वुद्धिबहादुर खाती, सचिवमा बाबुराम श्रेष्ठ, सहसचिवमा सावित्री श्रेष्ठ र कोषाध्यक्षमा तुलमाया घिमिरे(न्यौपाने)लाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा डा. वीरेन्द्र पुडासैनी, सुनिता कोइराला, धनबहादुर गुरुङ, विनोद अर्याल, सितलबाबु श्रेष्ठ र श्यामबाबु श्रेष्ठ चयन भएका छन् ।
समाजका सभापति शरदबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति रेणुका पौडेल, प्रदेश कार्यसमितिका सचिव तीर्थ न्यौपाने, समाजका गोरखा कार्य समितिका संस्थापक सभापति स्थानेश्वर दुवाडी, पूर्व सभापति यदु अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पूर्व केन्द्रीय सचिव सीताराम तिवारीले ‘जलवायु न्याय हाम्रो अधिकार’ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सो समाज मानव अधिकारका सवालमा गोरखामा सशक्त छ ।

प्रतिक्रिया दिनुहोस्