| शनिबार, असार १९, २०८३

छेकम्पारका बन्दिपुरहरुको उद्धार गर

केही बर्षअघि विद्या चापागाईको हेर्ने कथामा गोरखाको छेकम्पारका प्रकास तामाङको दुरावस्था बारे कथा प्रशारण भयो । करोडौँ नेपालीले हेरे, लाखौं नेपालीले सहयोग गर्ने आश्वासन दिए । कयौँले अभियान चलाएर सहयोग पनि गरे ।
उद्धार त हेर्ने कथाले नै ग¥यो, तर बाँकी जीवनमा अगाडि बढ्न अरुहरुको सहयोग महत्वपूर्ण रह्यो ।

छेकम्पारमा प्रकासजस्ता अरुहरु पनि छन् । उनीहरु विभिन्न बन्धनमा बाँधिएर छेकम्पारमा हराइरहेका छन् । बन्दिपुरका सुमन मगर अर्का एक उदाहरण हुन्, जो बिगत १५ बर्षदेखि त्यस भेगमा छन् । १० बर्षदेखि छेकम्पारमै हराइरहेका छन् । घर फर्कुँ, कमाइ छैन । नकमाएको पनि होइन, ठेकेदारले ज्यालाबापतको पैसा नदिएपछि उनीहरु बिखर्ची भए । एकदुई, दुई दिन, एक महिना दुई महिना गर्दागर्दै उनीहरु कुलतमा फँसे, अनि निस्किनै नसक्ने गरी छेकम्पारमै बसे ।

अहिले उनीहरुमा घर फर्कन मन नभएको होइन, तर खर्च छैन । बाटो खर्च मात्र भएर भएन, दसौं, पन्द्रौँ बर्ष काम गरेर बसेको, देखाउने कमाइ पनि छैन । ठेकेदारले ज्याला नदिनु, घरायसी काम लगाएका साहुहरुले पारिश्रमिक नदिनु, साँझ बिहान खानाको भरमा काम लगाउनु, त्यसमै अड्न बाध्य हुनु उनीहरुको नियति हो ।

त्यति मात्रले पुगेन, उनीहरुमाथि अमानवीय ढंगले अंगभंग हुनेगरी हातपात, कुटपिट हुनु ज्यादै दुखद छ । यस्तो अवस्थामा पनि प्रहरी प्रशासन तथा त्यहाँका सामाजिक अगुवाहरु चुपचाप बस्नु अर्को दुखद पक्ष हो । स्थानीयमाथि भए पनि अस्थानीयमाथि भए पनि अन्याय अन्यायनै हो । यसको विरोध गर्नुपर्छ । तर त्यहाँ त्यस्तो भावना देखिएन । स्थानीयले अस्थानीयलाई कुटपिट ग¥यो भने त्यो क्षम्य हुने प्रवृत्ति ठिक छैन ।

तसर्थ छेकम्पार तथा भोटखोलाका अरु गाउँबस्तीमा पनि बर्षौँदेखि विभिन्न कारणले फँसिरहेका, गुमनाम भइरहेकाहरुलाई उद्धार गर्नु सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्