| आइतवार, कार्तिक २९, २०८३

गोरखामा ठेकेदारको अर्को सिन्डिकेट, नगर उप-प्रमुखसमेतलाई दुर्व्यवहार

पालुङ्टारमा हिउँदे नगरसभा सम्पन्न , विकास तर्फ जम्मा चार करोड खर्च

गोरखाको पालुङटार नगरपालिकाले चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म १७ करोड ३४ लाख ६ हजार ७१५ खर्च गरेको छ । कूल बजेट ७७ करोड ४३ लाख २० हजार रुपैयाँ बजेट रहेकोमा पुँजीगततर्फ चारकरोड ४२ लाख ४५ हजार र चालुतर्फ १२ करोड ९१ लाख ६१ हजार रुपैयाँ खर्च भएको मेयर दीपकबाबु कँडेलले जानकारी दिए् ।
पालुङटार नगरपालिकाको चौथो नगरसभा तथा हिउदे नगरसभालाई सम्बोधन गर्दै उनले हालसम्मको प्रगति विवरण सार्वजानिक गरेका हुन् । नगर सभाले पालुङटार नगरपालिका सहकारी ऐन २०७५, पालुङटार नगरपालिका कृषि ब्यबसाय प्रबर्धन ऐन २०७५ पास गरेको मेयर कँडेलले बताए । सभामा मेयर कँडेलले २०७५÷०७६ को पुष १५ सम्मको बार्षिक प्रगति विवरण तथा नगर गुरुयोजनाहरुको बारेमा जानकारी दिदै तेश्रो नगरसभाले पारित गरेका नीति कार्यक्रम र बजेट कार्यान्वयनको चरणमा रहेको बताए । नगरपालिकामा स्मार्ट सिटीको लागि आवश्यक पूर्वाधार निर्माणको लागि प्राथमिकता प्राप्त आयोजनाहरुको छनौट गरी विस्तृत परियोजना प्रतिवेदन तयार गर्नको लागि सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गरी काम अगाडि बढाईएको उनको भनाई छ ।
पूर्वाधार विकासमा लगानी सुनिश्चितताको लागि दीर्घकालिन आन्तरिक स्रोतमा उल्लेख्य वृद्धि गर्न जरुरी रहेको उनले बताए ।
नगरसभाले नगर शिक्षा ऐन सिफारिस समिति, वडा कार्यालय हस्तान्तरण तथा सिमांकन हेरफेर सम्बन्धी कार्यदल, नगर स्तरीय खेलकुद विकास समिति गठन गरिएको उपप्रमुख पम्फा बसेलले जानकारी दिइन् ।
दुई दिन चलेको नगरसभामा बिभिन्न बिषयगत समिति, राजस्व परामर्श समिति, विपद ब्यबस्थापन समिति, योजना तर्जुमा समिति, अनुगमन समिति, न्यायिक समिति आर्थिक समिति जस्ता बिषयगत समितिहरुको कार्य प्रगति बिबरण प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्